१९ आश्विन २०८१ शनिबार
image/svg+xml

संवैधानिक निकायका रिक्त ४० पदमा ५३५ को दाबी

संवैधानिक परिषद्ले संविधानअनुसार आठवटा संवैधानिक निकायमा पदाधिकारी नियुक्त हुन योग्यता पुगेका व्यक्तिहरुको अभिलेख तयार पार्ने प्रयोजनका लागि मागेको आवेदनमा हाल रिक्त ४० पदका लागि ५ सय ३५ जनाको दरखास्त परेको छ।

खेलाडीलाई जनही ५० हजार दिने एन्फाको निर्णय

भुटानमा सम्पन्न यु–१८ महिला साफ च्याम्पियनसिपमा उपविजेता बनेका नेपाली खेलाडीले जनही ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने भएका छन्।

अखाद्य वस्तु मिसावट गर्ने सबैलाई जेल हालिन्छ : कृषिमन्त्री

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले खाद्य पदार्थमा मिसावट गर्ने जो कोहीलाई पनि कडा कारवाही गर्ने दृढता व्यक्त गरेका छन्। उनले भने, “खाद्य पदार्थमा मिसावट गर्नेलाई कानूनअनुसार कारवाही हुन्छ, हदैसम्मको कारवाही गर्न सरकार तत्पर छ। वर्षभरि नै दूध, तेल र पानीमा स्वच्छता अभियान सञ्चालन गरिएको छ।”

१४ बर्षीय बालिका बाबुबाटै बलात्कृत

रोल्पा नगरपालिकामा १४ वर्षीय एक बालिका आफ्नै बुवाबाट बलात्कृत भएको घटना बाहिर आएको छ। पीडितका अनुसार उनी आफ्नै बुवाबाट पटक पटक यौन शोषणमा परेकी थिइन। गत भदौमा आफ्नै बुवाले दुर्व्यवहार गर्न सुरु गरेपछि बालिका भागेर दाङ आफन्तकोमा गएकी थिइन।

सुदूरपश्चिम प्रदेश सरकारमा एक राज्यमन्त्री थपिए

सात सदस्यीय मन्त्रिमण्डल रहेको सुदूरपश्चिम प्रदेश सरकारमा एक जना राज्यमन्त्री थपिएका छन्। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ को कवाट प्रदेश सभा सदस्य निर्वाचित प्रकाश रावल राज्यमन्त्रीमा नियुक्त भएका हुन्।

वडाध्यक्षमाथि यौन दुर्व्यवहारको आरोप, अदालतमा मुद्दा दर्ता

खोटाङमा वडाध्यक्षमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ देर्पाचिउरीडाँडाका वडाध्यक्ष लिला चौहानमाथि यौन दुर्व्यहार गरेको आरोप लागेको हो।

बलात्कारी मान्छे मनको रोगी हुन्छ : डा. सुशील कोइराला (भिडियो)

दन्त चिकित्सक डा. सुशील कोइरालाले बलात्कारीहरु मानसिक रोगी भएको बताएका छन्। ‘बलात्कारी मान्छे विरामी मान्छे हो, मनको रोगी हो’, कोइरालाले नागरिकसँग कुरा गर्दै भने, ‘सामान्य मान्छेले सामान्य व्यक्तिलाई केही पनि गर्दैन।

सरकारलाई असफल हुने छुट छैन : नेता भट्टराई

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले बर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई असफल हुने छुट नभएको बताएका छन्।

बिजुलीको पोलले लागेर कलाकार संघका अध्यक्ष बोगटीको निधन

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको ५८ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको इमाडोलस्थित टिकाथलीमा रहेको घर नजिकै बिजुलीको पोलले लागेपछि बोगटी गम्भीर घाइते भएका थिए ।

नोबल स्तरको अनुसन्धान

यस वर्षकालागि नोबल पुरस्कारको घोषणा सकियो । रशायनशास्त्र, भौतिकशास्त्र र आयुर्विज्ञान क्षेत्रका नोबल पुरस्कारको घोषणा सुन्न संसारभरका बैज्ञानिक आतुर हुन्छन् ।

निर्मलाको आत्मालाई न्याय कहिले?

निर्मला पन्तको बलात्कार र हत्या भएको तीन महिना भयो । अपराधी पत्ता लाग्न सकेको छैन । तीन महिनामा धेरै बालिकामाथि यौन दुव्र्यवहार भएको छ ।

घुससहित डिएसपी समातिएपछि ३ वृत्तका इन्चार्ज फेरिए

प्रहरी प्रधान कार्यालय नक्सालले उपत्यकाका ३ वटा वृत्तको प्रमुख परिवर्तन गरेको छ। प्रहरी वृत्त बौद्धका इन्चार्ज डिएसपी श्यामकुमार राई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेपछि प्रहरी हेडक्वाटरले बौद्धसहित विवादित मानिएका ३ वृत्तको प्रमुख फेरेको हो।

उखु किसानको बाँकी रकम ५ दिनभित्र भुक्तानी गर्न सरकारको निर्देशन

सरकारले उखु उत्पादक किसानले पाउनु पर्ने रकम पाँच दिनभित्र भुक्तानी गर्न चिनी उद्योगीलाई निर्देशन दिएको छ । चाडवाड आइसक्दासमेत चिनी मिलले भुक्तानी नदिएको गुनासो उखु उत्पादक किसानले गरेपछि  सरकारले यस्तो निर्दशन दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्