coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

बलात्कारी मान्छे मनको रोगी हुन्छ : डा. सुशील कोइराला (भिडियो)

काठमाडौं– दन्त चिकित्सक डा. सुशील कोइरालाले बलात्कारीहरु मानसिक रोगी भएको बताएका छन्। ‘बलात्कारी मान्छे विरामी मान्छे हो, मनको रोगी हो’, कोइरालाले नागरिकसँग कुरा गर्दै भने, ‘सामान्य मान्छेले सामान्य व्यक्तिलाई केही पनि गर्दैन। नत्र समाज नै चल्दैनथ्यो। प्रत्येक बलात्कारीलाई म कसरी हेर्नुपर्छ भन्छु भने यी सबै रोगी हुन्, यिनीहरुलाई रोगी बनाइएका कारण के के हुन्? यिनीहरु मनका रोगी हुन्, त्यो नभईकन यिनीहरुले आफ्नो दिदीबहिनी, आमाजस्तो मान्छेलाई झम्टिन जाँदैन्, त्यो पशुपन किन आयो त?  विवेक कहाँ हरायो?’

उनले सौन्दर्यलाई बाहिर आउन दिनुपर्ने र गलत नियतलाई नियन्त्रण गर्न सक्नुपर्नेमा जोड दिए। ‘तपाईले राम्रो गुलाबको फूललाई राम्रो भन्न पाउनुपर्छ। तर त्यो पाउनेपनमा छाडापन हुनुभएन। सौन्दर्य हेर्नुस तर नियत खराब नराख्नुस्’, उनले सुझाव दिए।

राम्रो चिजलाई हेर्नु गलत नभएको भन्दै तर त्यसको पछाडि लाग्नु चाँही गलत हुने उनको भनाई छ। उनले पुरुषका साथै महिलाले पनि पुरुषको सौन्दर्य हेर्ने गरेको तर्क गर्दै भने, ‘महिलाले पुरुषको सहनशीलता, केयर (ख्याल), विवेक, त्यो पुरुषसँग बस्दा कति सुरक्षित छु भन्ने कुरा हेर्छ।’ पुरुषले प्राय महिलाको सौन्दर्यता मात्रै हेर्ने उनको जिकिर छ। सौन्दर्यका लागि परिवार समाजको स्वीकार्यता चाँहिनेमा उनले जोड दिए। उनीसँगको पुरा अन्तर्वार्ता नागरिक नेटवर्कमा सिघ्र प्रशारण हुने छ।

 

 

प्रकाशित: २३ आश्विन २०७५ १०:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App