७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

‘सरकारले जनचाहना अनुसार काम गरेन’

खोटाङ– पूर्वसांसद टंक राईले वर्तमान सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी खोटाङले बुधबार दिक्तेलमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा पूर्वसांसद राईले दुई तिहाई मत भएको सरकारप्रति जनताको अपेक्षा बढी भए पनि जनचाहना अनुसार काम हुन नसकेको बताए। 

‘सामान्य अल्पमतको सरकार प्रति जनताको खासै चासो र अपेक्षा हुन्न रहेछ, तर दुई तिहाईको सरकार भएपछि जनताको चाहना उच्च हुँदो रहेछ, जे पनि गर्न सक्छ भन्ने हुँदो रहेछ’, नेकपाका नेता राईले भने, ‘जनताले जे अपेक्षा गरेको छ, त्यो अपेक्षा अनुसार हामीले काम गर्न सकेका छैनौं। सरकारले गर्न सकिरहेको छैन, यसलाई हामीले स्वीकार गर्नुपर्छ। तर, सरकारको आलोचना मात्र समाधान होइन। हामी आफुले आफ्नो ठाउँमा कहाँ, के गर्न सक्छौँ त्यो दायित्व भने पूरा गर्नुपर्छ।’ 

दुई तिहाई मत भएकाले वर्तमान शक्तिशाली सरकारलाई कुनै बहाना गर्ने छुट नभएको उनको भनाई छ। उनले राजनीतिमा आएको विकृतिका कारण नेता र कर्मचारी जनताका सामु अविश्वासको पात्र बनेको बताए। ‘राजनीतिमा विकृति आएको छ। नेपालको राजनीतिक शब्दकोषबाट त्याग भन्ने शव्दावली लोप हुन लागेको छ’, राईले भने, ‘राजनीतिलाई एउटा नैतिक, स्वार्थरहित र सामाजिक उत्तरदायित्व, सामाजिक कर्तव्य र स्वार्थरहित सामाजिक सेवाकारुपमा अंगीकार नगरेसम्म समाजले सन्तुष्टि प्राप्त गर्न सक्दैन।’ 

प्रकाशित: २४ आश्विन २०७५ ०९:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App