१९ आश्विन २०८१ शनिबार
image/svg+xml

कञ्चनपुरमा ३ वर्षीया बालिका बलात्कृत

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १२ मा एक तीन वर्षीया बालिका बलात्कृत भएकी छिन्। भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ बर्षिया निर्मला पन्त र बेल्डाँडी र कृष्णपुरका दुई घटना सेलाउन नपाउँदै चौथो घटना भएको छ। आइतबार बेलुका भीमदत्त नगरपालिका १२ मा बालिकाको बलात्कारको भएको हो।

सरकारले आलोचना सुन्नुपर्छ : नेता नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले सरकारले आलोचना सुन्न सक्नुपर्ने बताएका छन्। ‘सरकारबाट काम गर्दै जाँदा गल्ती भएका हुन सक्छन्’, कोहलपुरमा मंगलबार कार्यकर्ता भेटघाटमा भने, ‘आलोचना सुन्नै नसक्ने, गल्ती नै भएको छैन जस्तो गरेर सरकार प्रस्तुत हुनु हुँदैन।’

सामन्ती संस्कार

अरूको इज्जत राख्दा आफ्नो इज्जत बढ्छ । वास्तवमा अरूप्रति दर्शाइएको सम्मान चारैतिर पहाडले घेरिएको खोचमा जस्तो शब्द उच्चारण गर्यो, त्यस्तै आफ्नो कानमा प्रतिध्वनित हुन्छ । इज्जत यथार्थमा त्यस्तै प्रतिध्वनि बनेर आउँछ, हाम्रा समीपमा । नागरिक चेतनाको उच्चरूप हो लोकतन्त्र । लोक अर्थात् आम नागरिकको शासन व्यवस्था।

पत्रकार खसोग्गीको हत्या भएको हो : साउदी

साउदी अरबले पत्रकार जमाल खसोग्गीको हत्या भएको स्वीकार्दै त्यसका लागि ‘छाडा एजेन्टहरु’ जिम्मेवार भएको बताएको छ।

केपी ओलीको बाधक को ?

केही दिनअघि न्युजिल्यानडमा एउटा घटना भयो–७ वर्षीया बालिकाले आफ्नो हजुरबा–आमा भेट्न जाँदा बाटोमा ‘लाइनम्यान’ को चिह्न देखिन्। उनले घर पुगेर सडक विभागलाई एउटा पत्र लेखिन्– ‘म त शायद यो क्षेत्रमा आउँदिन होला तर पनि म जस्तै अन्य साथीहरू यो क्षेत्रमा आउन चाहे भने यो चिह्न महिला विरोधी छ, त्यसैले यसलाई परिवर्तन गर्नुहोस्।’ उनको चिठीको जवाफ सडक विभागले यसरी दियो– ‘धन्यवाद, राम्रो कुरा जहाँबाट पनि आउन सक्छ, हामी सच्याउँछौँ ।’

आन्दोलनकाे औचित्य

यतिखेर मुलुक स्थायी सरकारको नियन्त्रणमा छ । तर कताकता यो सरकार स्थायी त हो भन्ने प्रश्न पनि खडा भएको छ । एकातिर नहुनुपर्ने घटना भइरहेका छन् भने अर्कोतिर भइरहेका घटना र त्यसमा संलग्नलाई कारबाही नहुने विडम्बनापूर्ण स्थिति देखापरेको छ । यही कारण पनि वर्तमान सरकार स्थायी हो कि हैन भन्नेबारे विवाद उठेको हो।

प्रभावकारी भएन सुरक्षित मातृत्व कार्यक्रम

नेपाल सरकारले २२ वर्षअघि सन् १९९६ मा सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गरेपछि घटेको मातृशिशु मृत्युदर सन्तोषजनक रुपमा घट्न नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।

जुवाखालबाट रंगेहात समातिएका १५ जनाविरूद्ध कारवाही

पूर्वी नवलपरासीबाट जुवा खेल्दाखेल्दै रङ्गेहात पक्राउ परेका १५ जनालाई प्रहरीले जुवा ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाएको छ। आइतबार बिहान नगद रु चार लाखसहित गैँडाकोट नगरपालिका–१ ब्रिटिस क्याम्प नजिकै रहेको खरको टहराभित्र लुकेर कौडा खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरुलाई प्रहरीले जुवा ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाएको जनाएको हो।

संघीय सरकारबाटै संघीयतालाई खतरा : मुख्यमन्त्री राउत

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारबाट नै संघीयतालाई खतरा भएको आरोप लगाएका छन्। बिभिन्न कार्यक्रममा सहभागी हुने सोमबार कलैया आएका मुख्यमन्त्री राउतले पत्रकारहरुसँग कुरा गर्दै संघीय सरकारले प्रदेश सरकारलाई बिफल पार्नको लागि नियम अनुसार गर्नुपर्ने कार्य समेत गर्न नदिएर संघीयतालाई नै समाप्त गर्न खेल गरेको बताए।

साहित्यकारले गरे ओली सरकारको आलोचना

साहित्यकारहरुले केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गरेका छन्। भक्तपुरमा सोमबार सम्पन्न दुईदिने बृहत साहित्य सम्मेलनमा आआफ्ना कथा, कविता, नाटक, प्रहसन, नृत्यमार्फत उनीहरुले ओली सरकारले जनताको पक्षमा काम गर्न नसकेको भन्दै आलोचना गरेका हुन्।

तीन वर्षीया बालिका बलात्कृत

कञ्चनपुरको भीमदत्त नगरपालिका १२ मा तीन वर्षीया बालिका बलात्कृत भएकी छिन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाका अनुसार आइतबार बेलुका छिमेकी १२ वर्षीय बालकले ती बालिकालाई बलात्कार गरेका हुन्।

सरकार गम्भीर बन्नुपर्छ : उपसभापति निधि

नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार दुई तिहाइ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा साेमवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारलाई जनताका पक्षमा तल्लीन भएर काम गर्न सुझाव दिए।

बलात्कारबाट जोगिन तेस्रो तलाबाट हाम फालिन् नेपालीले

समूहिक बलात्कारबाट जोगिन एक नेपाली महिलाले अपार्टमेन्टको तेस्रो तलाबाट  हाम फालेकी छन्।

प्रेमपत्र डिनलाई लगेर दिएँ

सिरहा जिल्लाको लाहन बस्तीपुरमा २०१७ साल साउन २८ गते आमा  दिव्यश्वरी अधिकारी र बुबा श्यामप्रसाद अधिकारीको जेठो सन्तानका रुपमा जन्मिएकी रेणु कक्षा ४ सम्म भारतमा पढिन् । पछि मामाघर सिरहा ल्याएर हजुरआमाका साथमा बस्न थालिन् । उनी सिराहामा नै बसेर पढ्न थालिन् ।

सबै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालयको प्रस्ताव

मुलुकभरका ७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय रहने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायमा नयाँ संरचनाका साथै दरबन्दीको मस्यौदा तयार पारेको छ। संघीयता कार्यान्वयन भएपछि मन्त्रालयले स्थानीय तह, प्रदेश र संघको नयाँ संरचना तथा त्यसलाई आवश्यक पर्ने जनशक्तिको खाका तयार पारेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्