३१ वैशाख २०८१ सोमबार
image/svg+xml

एक सातामै सात सचिव बढुवा, चार अझै रिक्त

बढुवा सिफारिस समितिको अध्यक्षता लोकसेवा आयोगको अध्यक्षले गर्ने व्यवस्था छ। उक्त समितिमा मुख्यसचिव र सामान्य प्रशासन मन्त्रालयका सचिव पदेन सदस्य रहने व्यवस्था छ। एक रिक्त सचिव पदका लागि बढुवा सिफारिस समितिले तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गर्ने गर्छ। तीमध्येबाट एकलाई बढुवा गर्ने अधिकार मन्त्रिपरिषद्लाई छ।

भागरथी हत्या अनुसन्धान गर्ने दुई प्रहरी बढुवा

रहस्यमय र जटिल देखिएको बैतडी दोगदाकेदार गाउँपालिका ७ कि १७ वर्षीया किशोरी भागरथीको बलत्कारपछि हत्या गरेको घटनाको सफल अनुसन्धान गरेकोमा दुई प्रहरीलाई एक तह बढुवा गरिएको छ। नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले भागरथी हत्या घटनाको अनुसन्धान सफल बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेकाले दुई प्रहरीलाई प्रहरी प्रधान कार्यालयले एक तह बढुवा गरेको बताए।

नेपाल प्रहरीका १६ जना डिएसपीको एसपीमा बढुवा (सूचीसहित)

सोमबार बसेको बढुवा समितिको बैठकले १६ जना डिएसपीको नाम बढुवाको लागि सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

डीआईजीका लागि ९ जना सिफारिस

गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना एसएसपीहरुलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ। सोमबार बसेको बढुवा समितिको बैठकले २०४९ वैशाख र चैतमा प्रहरी सेवामा प्रवेश गरेका एसएसपीलाई बढुवाका लागि सिफारिस गरेको हो। बढुवा सिफारिसमा परेकाहरुमध्ये ७ जना आईजीपी शैलेश थापाकै ब्याची रहेका छन्।

दवाडीलाई सचिव बनाउन छैटौं पटक सिफारिस

पाँच पटकसम्म अन्यायमा परेका सहसचिव गोकर्णमणि दवाडीलाई सचिवमा बढुवा गर्न बढुवा समितिले छैटौं पटक सिफारिस गरेको छ।

सशस्त्र प्रहरीका ३८ इन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस (सूची)

सशस्त्र प्रहरी बलका ३८ इन्सपेक्टर (सशस्त्र प्रहरी निरीक्षक) डिएसपी (सशस्त्र प्रहरी नायब उपरीक्षक) मा बढुवाका लागि सिफारिसमा परेका छन्।

बुटवल उपमहानगरले गर्यो कानुन विपरीतको बढुवा र ग्रेड बृद्धि

देशकै उत्कृष्ट भनिएको बुटवल उपमहानगरले कानुन विपरीत कर्मचारी बढुवा र ग्रेड बृद्धि गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यसलाई रोक्न आदेश दिएको छ । रुपन्देहीको बुटवल उपमहानरपालिकाले कानुन विपरीत राज्य कोषलाई ठुलो आर्थिक भार पर्ने गरी कर्मचारीहरूको बढुवा र ग्रेड बृद्धि गरेको हो ।

दुई एआइजीलाई दर्ज्यानी चिह्न प्रदान

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका दुई प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेको छ । महानिरीक्षक थापा क्षेत्रीले आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा साउन १२ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार डिआइजीबाट एआइजी पदमा पदोन्नति भएका निरजबहादुर शाही र पद्युमनकुमार कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरे ।

एआइजी बढुवापछि प्रहरीमा सुधारको अपेक्षा

नवनियुक्त नेपाल प्रहरी प्रमुख शैलेश थापा क्षेत्रीले संगठनभित्र सुधारको पहिलो संकेत दिएका छन्। प्रहरी महानिरीक्षक (आइजिपी) को जिम्मेवारी सम्हालेको एक सातापछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को बढुवा वरिष्ठताका आधारमा गरेर उनले संगठन सुधारमा सकारात्मक संकेत देखाएका हुन्। बुधबार निरजबहादुर शाही, प्रधुम्न कार्कीलाई वरिष्ठताका आधारमा एआइजीमा बढुवा गरिएको हो।

वरिष्ठ पाइलटलाई बेवास्ता गर्दै कारवाहीमा परेका पाइलटको बढुवा

सिनियर क्याप्टेनहरुलाई बेवास्ता गर्दै जुनियरलाई नेपाल वायुसेवा निगमले दशौं तह (निर्देशक)को पद सुम्पिएपछि सिनियर क्याप्टेनहरुले विरोध गरेका छन्। यसअघि उडान भर्दा आर्थिक अपचलन गरी निगमकै कारबाहीमा परेका क्याप्टेन रवीन्द्र कुमार शेरचनलाई जेठ १६ गते माथिल्लो पद (निर्देशक)को जिम्मेवारी सुम्पिइएको हो।

थिति बिगार्दै सचिव बढुवा

सरकारले वरिष्ठताको आधारमा सहसचिवबाट सचिवमा बढुवा हुने प्रणाली मिच्दै विष्णुप्रसाद नेपाललाई बढुवा गरेको छ । उच्च अधिकारीहरूको स्वार्थमा विगतको परम्परा भत्काउँदै सरकारले नेपाललाई सचिव बढुवा गरेपछि निजामती प्रशासनको थिति बिग्रने भएको हो ।

राजेन्द्रमानप्रति आराधना प्रेम

घटना २०७३ साउन १५ गते शनिबार बिहान ब्याडमिन्टन खेल्दै गर्दा एक्कासि ढलेका राजेन्द्रमान श्रेष्ठ अझै उठ्न सकेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्