मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित
प्रतिकूल मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित बनेको छ। पोखरा र सुर्खेत विमानस्थल आज बिहानबाटै बन्द भएका छन ।
प्रतिकूल मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित बनेको छ। पोखरा र सुर्खेत विमानस्थल आज बिहानबाटै बन्द भएका छन ।
नागरिक उड्डयन प्राधिकरणले साउन १५ गतेदेखि हिमाली तथा पहाडी क्षेत्रका २९ वटा विमानस्थलमा बिहान ६ देखि १२ बजेसम्म मात्रै उडान अनुमति दिएको छ। सो समयमा विमान उड्न नसक्दा ‘रेफर’ गरिएका कतिपय बिरामीले ज्यान गुमाइरहेका छन्।
निरन्तरको वर्षाले भिजिविलिटी नपुग्दा बिहानैदेखि बन्द रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो ३ बजेपछि मात्र खुलेको छ। ढिलागरि विमानस्थल खुल्दा हवाई उडान प्रभावित भएको छ। धेरैजसो उडान रद्द समेत भएका छन्। उडान रोकिँदा यात्रुलाई समस्या परेको छ।
कृषि तथा पशुपक्षी विकास मन्त्री डा.वेदुराम भुसालले कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या देखिएको बताएका छन्।
नेपाल उद्योग परिसङ्घले संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगका विषयमा छलफल गरेको छ।
कागजपत्र शंकास्पद देखिएपछि विमानस्थलबाट फर्काइएका सुमन तामाङले भने, ‘दिनरात के हो? भोक पनि लाग्दैन। पैसा बुझाएको एजेन्ट गायब छ। फोन अफ छ। कसलाई समाउने? म कहाँ जाने?’
गत पुस मध्यदेखि संचालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चराले झमेला पार्ने गरेको घटना बेलाबेला बाहिरिने गरेको थियो। जहाज उडान र अवतरणका क्रममा चराले विमानस्थलमा बारम्बार दुख दिइरहँदा सोमबार भने मुसाले अप्ठ्यारो थपिदिएको छ। उड्न लागेको जहाजमा मुसा पसेको आशंकामा सोमबार घन्टौसम्म जहाजमा मुसा खोजि गर्नुपरेको छ।
पोखराबाट काठमाडौं उड्न ठिक्क परेको यती एयरलाइन्सको जहाजमा मुसा पसेको छ। धावनमार्गबाट दौड्दै आएर रोकिरहेको जहाजको टायरबाट मुसा भित्र पसेको विमानस्थलको अनुमान छ। जहाज चढ्दै गरेका यात्रुले टायरमा मुसा पस्दै गरेको देखेपछि उड्न ठिक्क परेको जहाज पोखरामै रोकिएको छ।
सुन प्रकरणबारे उनले उच्चस्तरीय छानबिन समिति बन्ने सुनिश्चितता नभए संसद् अघि बढ्न नसक्ने भन्दै एमालेले सदन अवरुद्ध गरेको हो। प्रतिनिधिसभाको बैठक अवरुद्ध भएपछि अर्को बैठक साउन १५ गते बस्ने गरी बोलाइएको छ।
मल्होत्राको कम्पनी आइएमएस ग्रुपले विमानस्थलमा पार्किङ र आगमन कक्ष सञ्चालन गर्ने जिम्मा पाएको छ। यसका लागि नागरिक उड्डयन प्राधिकरणले मल्होत्राको उक्त कम्पनीलाई ३० वर्षका लागि बुट मोडलमा ठेक्का दिएको हो। यसैका आधारमा उसले सिसिटिभीमा पनि पहुँच बढाएको हो।
विदेशी मुद्रा तथा सुन तस्करीमा पटकपटक नाम जोडिएका र विगतमा मुद्रा तस्करीमा कारबाहीका लागि सिफारिस भएका व्यापारी दीपक मल्होत्राको कम्पनी आइएमएस ग्रुपले विमानस्थल पार्किङ, आगमन कक्ष सञ्चालन गरिरहेको छ।
अहिलेको आवश्यकता भनेको शोभराजले भनेजस्तो हात्ती छिर्ने त्रिभुवन विमानस्थलको भ्वाङ टाल्नु हो। सय किलो सुन छिर्ने त्रिभुवन विमानस्थल–भन्सारबाट भविष्यमा जे पनि छिर्न सक्छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोलीले शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन र भन्सार निरीक्षण गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको सुन प्रकरणमा सुराकी गर्नेले ५० लाख पाउने भएका छन्।