८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

विमानस्थल सुन प्रकरणमा सुराकीले पाउन सक्छन् ५० लाख

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको सुन प्रकरणमा सुराकी गर्नेले ५० लाख पाउने भएका छन्।

२०७५ मा संशोधित आर्थिक ऐनमा व्यवस्था भएअनुसार सुराकी गर्नेले ५० लाख पाउने भएका हुन्।

उक्त ऐन अन्तर्गतको कसूर गरेको सूचना दिने सुराकीलाई सो कसूर सम्बन्धी मुद्धाको अन्तिम किनारा लागेपछि असुल भएको बिगो रकमको सुन,हिरा वा जवाहरातको हकमा दश प्रतिशत वा पचास लाख रुपैयाँमध्ये जुन घटी हुन्छ सो बराबरको रकम पाउने व्यवस्था छ।

सोही अनुसार अहिले बरामद भएको सुनको सुराकी गर्नेले ५० लाख पाउने भएका हुन्।

बुधबार विमानस्थल हुँदै भित्रिएको करिब १०० किलो अवैध सुन बा २ ज २३२४ नम्बरको ट्याक्सीबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।  

प्रकाशित: ४ श्रावण २०८० ०९:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App