२० आश्विन २०८१ आइतबार
image/svg+xml

अभ्यास अनुमति: राखेप आफैं अन्योलमा

‘जस्तो कि भारतको सिक्किम, दार्जलिङमा कुनै प्रतियोगिता भएमा त्यसका लागि अनुमति दिने वा नदिने भन्नेमा राष्ट्रिय टिम तयारी समिति नै अन्योलमा छ।’

शारीरिक अभ्यास जेष्ठ नागरिकका लागि महत्वपूर्ण

नियमित रुपमा शारीरिक अभ्यासमा सम्लग्न हुने जेष्ठ नागरिकहरुलाई मानसिक तनाव कम पर्ने एक अध्ययनले देखाएको छ।

शारीरिक अभ्यास जेष्ठ नागरिकका लागि महत्वपूर्ण

नियमित रुपमा शारीरिक अभ्यासमा सम्लग्न हुने जेष्ठ नागरिकहरुलाई मानसिक तनाव कम पर्ने एक अध्ययनले देखाएको छ ।

कहिले मिल्ला अभ्यास अनुमति ?

‘खेलाडीलाई अभ्यासमा फर्काउन पिसिआर परीक्षणलाई पहिलो प्राथमिकता दिएका छौं । हाम्रो प्रस्ताव सिसिएमसीमा पुगेको छ । छिट्टै निर्णय हुने अपेक्षा लिएका छौं । अनुमति पाए छिट्टै अगाडि बढ्छौं ।’

डरैडरमा अभ्यास

फरेस्ट्री मैदानमा आफैं सामान्य अभ्यास गर्न थाल्याैं तर कुन बेला प्रहरी आउँछ र भाग्न पर्छ भन्ने डर भने भई नै रहन्थ्यो।’

असंवैधानिक अभ्यासको खतरा

प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनामा चलिरहेको संघीय संसद् अधिवेशन एक्कासि अन्त्य भएपछि कानुनका जानकार पनि तर्सिएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन अन्त्य भएको घोषणा गरेपछि कानुनका जानकार सम्भावित राजनीतिक दुर्घटना हुन सक्ने भन्दै तर्सिएका हुन्। एकाएक संसद् अधिवेशन अन्त्य गरिएपछि प्रधानमन्त्री ओली संविधानले दिएका कार्यकारी अधिकार प्रयोग गरी गलत बाटोमा जाने हुन कि भन्ने आशंका उत्पन्न भएको छ।

कोरोनाबाट जोगिन उपयोगी योग अभ्यास

सामान्यतः हामी कुनै व्यक्तिलाई तबसम्म बिरामी मान्दैनौँ, जबसम्म शरीरमा रोगका लक्षण देखापर्दैनन्, जबकि योगमा यो विश्वास गरिन्छ– रोग हाम्रो अन्नमय कोषमा धेरै पहिले नै आउँछ । त्यसपछि यसले मनको अवस्था अर्थात् मनोमय कोषलाई प्रभावित गर्छ । अन्तमा रोगका लक्षण शरीर अर्थात् अन्नमय कोषमा देखापर्न थाल्छन् । वास्तवमा रोगको पहिलो लक्षण हो– आनन्द, उत्साह, सकारात्मक ऊर्जा र आराम गर्ने हाम्रो क्षमतामा कमी आउनू ।

अभ्यासमा फर्किए मेसी

शनिबार अर्को क्लब मालोर्कासँग हुने खेलका लागि सुखद नतिजा निकाल्न मेसी मैदानमा अभ्यासमा फर्किएका हुन् । उनी सबै समकक्षीसँग अभ्यासमा फर्किएका हुन् । स्ट्राइकर मेसी दायाँ खुट्टाको चोटबाट पीडित थिए । यसअघि लिग छिट्टै सुचारु भए मेसी मैदान फर्किने या नफर्किनेमा आशंका थियो ।

नबिल बैंकद्वारा बैंकिङ सफ्टवेयरमा गैरकानुनी हेरफेर, केन्द्रीय बैंकले अनुसन्धान गर्ने

नबिल बैंकले ऋणीबाट रकम असुली गर्दा ‘गैरकानुनी अभ्यास‘ गर्दै आएको तथ्य फेला परेको छ। वाणिज्य बैंकका रुपमा रहेको नबिलले ऋणीबाट ऋण असुल गर्दा अपनाउनुपर्ने नेपाल राष्ट्रबैंकका नियम र मापदण्डसमेत उल्लंघन गर्दै आएको छ।

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न रौतहटमा सक्रिय अभ्यास

रौतहटमा जथाभावी भइरहेको नदीको अवैध दोहनलाई रोक्ने सार्थक अभ्यासको थालनी भएको छ। जिल्लाका विभिन्न नदीहरुबाट खोलाजन्य वस्तुको निकासी तथा अवैध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योगहरुमाथि सम्बद्ध पक्षले कडा निगरानी थालेको छ।

जुम्लाका हरेक स्थानीय तहमा सामुदायिक विपद् कार्य अभ्यास

जुम्लास्थित नेपाली सेनाले हरेक स्थानीय तहमा सामुदायिक विपद् कार्य अभ्यास गर्दै आइरहेको छ। स्थानीयबासीको प्रत्यक्ष सहभागितामा विपद् अभ्यास भइरहेको नन्दबक्स गण जुम्लाका गणपति दिवाकर रायमाझीले जानकारी दिए। उनका अनुसार गुठिचौर गाउँपालिकालमा चार दिनदेखि सामुदायिक विपद् अभ्यास भइरहेको छ। आगलागी, भूकम्प, बाढी, डुबान जस्ता विपद्को अवस्थामा, विपद्को दौरान र विपद् पश्चात कसरी सर्वसाधारणको उद्धार गर्ने भन्ने विषयमा अभ्यास भइरहेको उनले बताए।

विद्यालयमा हाजिरी कार्ड, कक्षा कोठा मै पुगेर अनुगमन

जगन्नाथ गाउँपालिकाले शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि नयाँ अभ्यासको थालनी गरेको छ। विद्यालय निरन्तरता र प्रभावकारी शिक्षण सिकाइलाई ध्यानमा राखेर गाउँपालिका स्तरबाटै छड्ने अनुगमन र विद्यालयमा विद्यार्थी हाजिरी कार्डको सुरुवात गरेको हो।

गाउँगाउँमा सेनाको उद्धार अभ्यास सुरु

जुम्लामा नेपाली सेनाले गाउँगाउँमा उद्धार अभ्यास थालेको छ। यहाँका हरेक स्थानीय तहसँग समन्वय गरेर नेपाली सेनाले गाउँगाउँमा उद्धार अभ्यास थालेको हो। बाढीपहिरो जाँदा, नदीमा भेलबाडी आउँदा र सवारी दुर्घटना हुँदा गर्नुपर्ने उद्धार कार्य सम्बन्धि अभ्यास सुरु गरेको नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डा जुम्लाले जानकारी दिएको छ। स्थानीयबासिन्दाको प्रत्यक्ष सहभागितामा भइरहेको यो अभ्यासले स्थानीयलाई समेत सचेत बनाएको छ।

अस्वीकार्य अभ्यास

सामान्यतः सरकारको काम अनुगमन गर्ने हो। वास्तविक कामका लागि अन्य निकाय र संस्थालाई सरकारले मार्गप्रशस्त गर्नुपर्छ। उदाहरणका लागि कुनै एउटा रेस्टुराँ खोल्ने र सर्वसाधारणलाई खाना खुवाउने जिम्मेवारी निजी क्षेत्रले लिन सक्छ। तर, यसरी खोलिएका रेस्टुराँ कानुनअनुसार भए÷नभएको र त्यसले स्वस्थकर खाना सर्वसाधारणलाई खुवाउन सके÷नसकेको हेर्ने जिम्मा अनुगमन गर्ने निकायको हो। अनुगमन गर्ने निकाय आचारयुक्त रहे र आफ्नो काममा निस्वार्थ भावले लाग्यो भने रेस्टुराँको गुणस्तर कायम गर्न मद्दत पुग्छ।

उत्तर कोरियामा सैन्य अभ्यास

एसिया प्रशान्त क्षेत्रका रक्षामन्त्रीहरुको बैठकमा सहभागी भएका अमेरिकी रक्षामन्त्री एस्परले उत्तर कोरिया पनि वार्ताको टेबुलमा चाँडै आउने विश्वास व्यक्त गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्