२० आश्विन २०८१ आइतबार
image/svg+xml

‘बहुराष्ट्रिय सैन्य अभ्यासमा संलग्नता गलत’

अहिले त्यसका लागि उपयुक्त वातावरण रहेको उनको तर्क थियो। रावलले राष्ट्रिय परिचयपत्र, गाडीका नम्बर प्लेट कर र भन्सार महसुल संकलन जस्ता सम्वेदनशील तथ्यांक विदेशी सर्भरमा राख्न नहुनेमा जोड दिए।

संसदमा रावलले भनेः संयुक्त बहुराष्ट्रिय सैन्य अभ्यासमा नेपालको संलग्नता गलत

नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले संयुक्त बहुराष्ट्रिय सैन्य अभ्यासमा नेपालको संलग्नता गलत हुने बताएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रावलले शक्ति राष्ट्रसँग कुनै पनि प्रकारको सामरिक गठजोडमा संलग्न हुन नेपालको संविधानले अनुमति नदिने र यो नेपालको हितमा पनि नहुने बताए।

मुलुकले कूटनीतिक अभ्यास गरिरहेको छः मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सरकारले मुलुकको आर्थिक विकासलाई केन्द्र भागमा राखेर कूटनीतिक अभ्यास गरिरहेको दावी गरेका छन्। मन्त्री ज्ञवालीले मुलुकको तीव्र आर्थिक विकास हुनेगरी कूटनीतिक पहलकदमी लिन राजदुतहरुलाई पनि आग्रह पनि गरे।

आज आधा घण्टा विमानस्थल सेवा बन्द हुने

‘विमानस्थल सङ्कटकालीन’ पूर्वअभ्यासका लागि मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपराह्न आधा घण्टा बन्द हुने भएको छ।

दिनभर फुर्तिलो हुन चाहानुहुन्छ ? बिहान गर्नुस् यी शारीरिक अभ्यास

निद्रा पूरा नभए वा अन्य समस्याले कहिलेकाहीँ दिनभर मानिस सुस्त बन्छ। काम गर्न मन लाग्दैन। यो समस्या शारीरिक अभ्यास गरेर हटाउन सकिन्छ। बिहान १० मिनेटको शारीरिक अभ्यासले शरीर फुर्तिलो बनाउन सकिन्छ। त्यति मात्रै होइन, यसले राती निद्रा नलाग्ने समस्याबाट पनि मुक्त गराउँछ।

किन असफल भयो संसदीय अभ्यास, किन जन्मिए अनुदार शासक?

संसदीय अभ्यासले थिति बसाल्न नसक्नुको परिणाम सामाजिक सम्बन्धहरुमा परेको छ । संसदीय अभ्यासको केन्द्रमा जनता हुन्छन् । तर, चुनावमुखि राजनीति र सत्ता केन्द्रित प्रवृत्तिले हिजोका आन्दोलनकारी राजनीतिक दललाई शासकका नयाँ खेलाडी बनायो । दलका मुख्य नेता शासकको रुपमा उदाए ।

दोस्रो अभ्यास खेलमा कुवेतसँग नेपाल पराजित

कुवेतसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोली १–० ले पराजित भएको छ। नेपाल पहिलो खेलमा गोलरहित बराबरीमा रोकिएको थियो। खेलको २९ औं मिनेटमा कुवेतले पेनाल्टीमार्फत निर्णायक गोल गरेको हो।

भरपर्दा खेलाडीलाई विश्राम दिँदा युवा क्रिकेट टोली पराजित

भरपर्दा खेलाडीलाई विश्राम दिएको खेलमा नेपालको यु–१९ क्रिकेट टोलीले भारतको आन्ध्र प्रदेश यु–१९ टोलीसँगको दोस्रो अभ्यासमा हार बेहोरेको छ।  यु–१९ विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटका लागि भारत भ्रमणमा रहेको नेपाल शुक्रबारको अभ्यास खेलमा घरेलु टोलीसँग ७२ रनले स्तब्ध भएको हो।

महिला फुटबल टोलीले भारतमा अभ्यास खेल खेल्ने

विराटनगरको सहिद रंगशालामा फागुन २८ गतेबाट हुने पाँचौं साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भारतमा चार राष्ट्र सम्मिलित अभ्यास खेल खेल्ने भएको छ।

भूकम्पको कृतिम अभ्यास

दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका वडाध्यक्ष हरिश जोशीले आफ्नो कार्यकक्षमा रहेका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेको मोबाइलमा फोन गरे। हतारिएको स्वरमा उनले भने, ‘सर भर्खर यहाँ भूकम्प आयो, धेरै क्षति भएको अनुमान छ।

फुटबल अभ्यासमा व्यस्त छावा

चितवन राष्ट्रिय निकुञ्ज र सौराहाका निजी हात्ती व्यवसायीले पालेका छावाको व्यस्तता केही दिनयता निकै बढेको छ। पुस ११ देखि १५ गतेसम्म सौराहामा हुने चितवन हात्ती महोत्सवको १५ औं संस्करणका कारण छावाको व्यस्तता बढेको हो।

महिला टोलीले प्रशिक्षण थाल्यो

श्रीलंकाले पाँचौं महिला दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियसिप आयोजना नगर्ने भनेपछि नेपालमा निश्चित भएको प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला टोलीले बुधबारबाट अभ्यास थालेको छ।

आन्तरिक अल्झन

प्रमुख राजनीतिक दलहरूको आन्तरिक लोकतान्त्रिक अभ्यास अत्यन्तै कमजोर देखिएको छ। दलका बैठक समयमा नबस्दा सरकारलाई तिनले दिशानिर्देश गर्न सकेका छैनन्। सरकारमा रहेको दल होस् वा प्रमुख विपक्षमा, तिनको सक्रियताले मुलुकलाई बाटो देखाउन मद्दत पुग्छ।

अपारदर्शी अभ्यास

नियमित संसद् अधिवेशन नचलेका बेलासमेत यसका समिति सुचारु हुन्छन्। यसकारण संसदीय समितिलाई ‘मिनी संसद्’ का रूपमा समेत चित्रण गरिन्छ। हाम्रो संसदीय अभ्यासमा संसदीय समितिले अपनाएको पारदर्शिताको अभ्यास आफैँमा प्रशंसनीय छ। मुलुकमा २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्र पुनस्र्थापना भएपछि प्रेसलाई संसदीय समितिहरूले आफ्नो बैठकमा पहुँच दिएर पारदर्शिताको अभ्यास गरेका हुन्।

नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास सम्पन्न

नेपाल र चीनबीचको संयुक्त सैन्य अभ्यास सफल रुपमा सम्पन्न भएको छ। ‘सगरमाथा फ्रेण्डसिप २०१८’ नाम दिइएको सैन्य अभ्यास चीनको सिचुवान प्रान्तको चेङ्दु असोज २ गतेदेखि सञ्चालन भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्