१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

हिमालय एअरलाइन्सद्वारा आर्थिक सहयोग

हिमालय एअरलाइन्सले आफ्नो संस्थागत उत्तरदायित्वअन्तर्गत ‘शिक्षातर्फ पाइला’ अभियानलाई अगाडि बढाउँदै लवप्रसाद बालगृहलाई आर्थिक सहयोग गरेको छ।

लैंगिक हिंसा एक दशकमा सात गुणाले वृद्धि

प्रहरीका अनुसार पछिल्लो दशकमा लैंगिक हिंसाका डेढ लाखभन्दा बढी घटना दर्ता भएका छन्। आव २०६९/७० मा लैंगिक हिंसाका ३ हजार १४७ वटा उजुरी दर्ता भएकामा २०७९/८० मा त्यो संख्या बढेर २० हजार ९१३ पुगेको छ।

द्वन्द्वका घटनालाई बारम्बार बल्झाइराख्नु मानवअधिकार उल्लङ्घन हो: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले द्वन्द्वका घटनालाई लिएर शान्ति प्रक्रियाका काम बाँकी छ भनेर घाउलाई बल्झाइरहनु पनि मानवअधिकार उल्लङ्घन हुने बताएकी छिन् ।

मंसिर तेस्रो साता राष्ट्रिय औद्योगिक व्यापार मेला

पोखरा उद्योग वाणिज्य संघले गतवर्ष आयोजना गरेको ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ को आय–व्यय सार्वजनिक गर्दै आगामी मंसिर २१ गतेदेखि पौष १ गतेसम्म राष्ट्रिय आद्योगिक व्यापार मेला गर्ने घोषणा गरेको छ।

‘एकै पटक ब्रेक लगाए अर्थतन्त्र दुर्घटनामा’

नेपाल उद्योग वाणिज्य महासंघमा चन्द्रप्रसाद ढकाल नेतृत्वको कार्य समितिले एक सय दिनमा गरेका कामको प्रगति सार्वजनिक गरेको छ।

नेपालमा सेरोटाइप–२ स्वरुपको डेङ्गु अत्यधिक

नेपालमा डेङ्गु भाइरसको सङ्क्रमण सेरोटाइप–२ स्वरुप बढी सक्रिय रहेको पाइएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरुप बढी देखिएको हो।

राष्ट्रिय स्क्वास प्रतियोगिता हुने

नेपाल स्क्वास र्याकेट्स सङ्घको आयोजनामा राजधानीमा पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता हुने भएको छ।

साथीको हत्या अभियोगमा पाँचजना कारागार चलान

भोजपुरमा माछा मार्न गएको अवस्थामा सँगै गएको साथीको हत्या गरेको अभियोगमा पाँच जनालाई कारागार चलान गरिएको छ।

‘नेपालको विकासका लागि अमेरिकी सहयोग नियोग महत्त्वपूर्ण साझेदार’

अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी सहयोग नियोग (युएसएआइडी) नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण साझेदार भएको बताएका छन्।

चुनावी नतिजा उल्ट्याएको आरोपमा ट्रम्पविरूद्ध फौजदारी अभियोग दर्ता

चुनावी नतिजा उल्ट्याएको मामिलामा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फौजदारी अभियोग दर्ता भएका छन्।

वित्त निगम निजी क्षेत्रसँग काम गर्न इच्छुक

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष सुसन लनबीच मंगलबार भेटवार्ता भएको छ।

प्रधानन्याधीशलाई असहयोग

न्यायाधीश नियुक्तिमा कानुन व्यवसायी र न्यायसेवाबाट कसलाई बढी ल्याउने भन्ने विषयमा विवाद छ। प्रधानन्यायाधीश कार्की कानुन व्यवसायीलाई बढी स्थान दिनुपर्ने पक्षमा रहेको भन्दै यसअघिको बैठकमा नियुक्ति सिफारिस हुन नसकेको परिषद् स्रोतको दाबी छ।

हेटौँडा औद्योगिक क्षेत्रमा १०५ वटा उद्योग सञ्चालनमा

मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा अहिले दैनिक एक सय पाँच वटा विभिन्न प्रकारका उद्योग सञ्चालित छन्।

विश्व बैंकले सहयोगलाई निरन्तरता दिने

नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ।विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त प्रतिबद्धता जनाएका हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्