२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चुनावी नतिजा उल्ट्याएको आरोपमा ट्रम्पविरूद्ध फौजदारी अभियोग दर्ता

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प । फाइल तस्बीर।

चुनावी नतिजा उल्ट्याएको मामिलामा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फौजदारी अभियोग दर्ता भएका छन्। अब उनी अदालतमा उपस्थित हुनु पर्नेने छ।  

सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा आफ्नो पराजयको नतिजा उल्ट्याउन सम्बन्धी मुद्दामा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध आपराधिक आरोप दायर गरिएको हो।

अन्तर्राष्ट्रिय संचारमाध्यामका अनुसार संघीय अभियोजनकर्ताहरूले डिस्ट्रिक्ट कोर्ट इन वासिङ्टनमा ट्रम्पविरूद्ध अभियोग पत्र दर्ता गरेका छन्।

ट्रम्पमाथि संयुक्त राज्य अमेरिका विरुद्ध षड्यन्त्र, साक्षी छेडछाड र नागरिक अधिकार विरुद्ध षड्यन्त्र सहित चार आरोपहरू छन्। पुनः राष्ट्रपतिको उम्मेदवारी प्रस्तुत गरेका ७७ वर्षीय ट्रम्पले आफूले केही गलत नगरेको बताएका छन् । ट्रम्पले आफूमाथि लगाइएको आरोपलाई ‘बकवास’ भनेका छन् ।

ट्रम्पलाई गोप्य कागजातहरू गलत ह्यान्डल गर्ने र आफ्नो बारेमा जानकारी लुकाउन पोर्न स्टारहरूलाई पैसा तिरेको दुईवटा मुद्दामा यसअघि नै अभियोग लगाइएको थियो।

चुनावी मामिलासँग सम्बन्धित अनुसन्धान अब ट्रम्पको हार र वासिङ्टनको दंगाबीच दुई महिनाभित्र ट्रम्पको गतिविधि के थियो भन्नेमा केन्द्रित हुनेछ। जनवरी २०२१ मा, जो बाइडेनको विजयपछि ट्रम्पका समर्थकहरूले संसदमा आक्रमण गरेका थिए।  

अभियोग पत्रमा सन् २०२० को चुनाव आफूले जितेको भन्दै ट्रम्पले अफवाह फैलाएको र जसरी पनि सत्तामा बस्न उनले समर्थकहरूलाई हिंसामा उत्रिन उकासेको दाबी गरिएको छ।

प्रकाशित: १७ श्रावण २०८० ०३:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App