१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

नवलपरासी-२ मा दुई जनाको उम्मेदवारी रद्द

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपरासीको क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका दुई जनाको उम्मेदवारी रद्द भएको छ। नेपाली कांग्रेसका देवेन्द्रराज कँडेल र आम जनता पार्टीकी मायाकुमारी थापाको उम्मेदवारी रद्द भएको हो।

जिल्ला निर्वाचन कार्यालय नवलपरासीका अनुसार क्षेत्र नं. २ मा नेपाली कांग्रेसबाट कँडेल र भीमबहादुर थापाले आधिकारिक टिकट दाबी गर्दै मंगलबार उम्मेदवारी दिएका थिए।

कांग्रेसबाट थापाले सुरुमै उम्मेदवारी दर्ता गराएका थिए। त्यसपछि कँडेलले पनि कांग्रेसबाटै उम्मेदवारी दर्ता गर्न आए।

एउटै पार्टीको दुई जनाले उम्मेदवारी दर्ता गर्न आएपछि निर्वाचन अधिकृतको कार्यालयले कँडेलको दर्ता नम्बर उल्लेख नगरी क्रम संख्या मात्रै राखेर उम्मेदवारी कायम गरिदिएको थियो।

कँडेलको उम्मेदवारी सम्बन्धी विवाद आएपछि आयोगले छानबिनको प्रक्रिया अगाडी बढायो। आवश्यक छानबिन पछि आयोगले कानुनी प्रावधान अनुरूप पहिले दर्ता हुनेलाई (थापालाई) आधिकारिकता दिँदै कँडेलको उम्मेदवारी रद्द गरिदिएको हो।

२ निर्वाचन क्षेत्र रहेको नवलपरासीमा ५७ जनाले उम्मेदवारी दर्ता गराएका थिए।  

प्रकाशित: ९ माघ २०८२ ०८:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App