२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

द्वन्द्वका घटनालाई बारम्बार बल्झाइराख्नु मानवअधिकार उल्लङ्घन हो: मन्त्री शर्मा

फाइल तस्बिर

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले द्वन्द्वका घटनालाई लिएर शान्ति प्रक्रियाका काम बाँकी छ भनेर घाउलाई बल्झाइरहनु पनि मानवअधिकार उल्लङ्घन हुने बताएकी छिन् ।

आज मानव अधिकार अभिलेख केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो कुरा बताएकी हुन।उनले द्वन्द्वका घटनालाई लिएर घटनालाई बारम्बार बल्झाइरहनु पनि एक प्रकारको मानवअधिकार उल्लङ्घन हुने भन्दै यसलाई तत्काल समाधान गर्न आवश्यक रहेको बताइन।

उनले सरकारले मानव अधिकार उल्लङ्घन घटनाहरू मुख्य रुपमा द्वन्द्व र युद्धको अवधिमा भएका घटनाहरूलाई टुङ्ग्याउन सत्यनिरुपण मेलमिलाप आयोग सम्बन्धी विधेयक ल्याएको बताइन। उनले सरकारले ल्याएको विधेयक अहिले संसदीय समितिमा उपसमिति बनाएर करिब अन्तिम चरणमा पुगेको जानकारी दिइन।

मन्त्री शर्माले मानवअधिकार उल्लङ्घनलाई टुङ्ग्याएर समाजमा मेलमिलापको अवस्थामा जानुपर्ने र सबै मिलेर देशलाई समृद्धिको दिशामा लैजानु पर्ने ठाउँमा फेरि पछाडि फर्केर आरोप प्रत्यारोपमा लाग्न नहुने बताइन। उनले पछिल्लो समय द्वन्द्वका घटनालाई लिएर आरोप प्रत्यारोपमा गर्नु ठिक नभएको भन्दै नेपालले सदाका निम्ति टुङ्ग्याउनुपर्ने बताइन। मन्त्री शर्माले सधैँ भरी नेपाल द्वन्द्वमा छ, नेपालमा शान्ति प्रक्रियाको काम टुङ्गिएको छैन  र नेपालले शान्ति प्रक्रियाको काम टुङ्ग्याउन सक्दैन भन्ने सन्देश बाहिर जानु बेठिक भएको धारणा राखिन। 

उनले सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन टुङ्ग्याउने काम प्राथमिकतामा राखेको बताइन।उनले  सरकारले अझ संसदबाट टुङ्ग्याउने भनेर लागेको तर बढी महत्त्वपूर्ण भएकाले समितिमा लगेर छलफल भइरहेको बताइन। उनले ऐन बनेपछि नेपालमा भएका गम्भीर उल्लङ्घनका घटनाहरूमा कतिलाई आम माफी दिनुपर्ने,कतिलाई सजाय गर्नुपर्ने विषयमा अगाडि बढाउन सजिलो हुने बताइन। 

त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगका सदस्य डा सूर्यप्रसाद शर्मा ढुङ्गेलले मानव अधिकार अभिलेख केन्द्र युरोप लगायतका देशहरूबाट आउने र नेपाली विद्यार्थीहरूका लागि ठूलो शिक्षाको केन्द्र बन्ने बताए। उनले अभिलेखमा माओवादी तथा नेपाली सेनाले गरेका घटनाहरूलाई राखिएको जानकारी दिए। 

उनले मानव अधिकारको विषय सरकारको प्राथमिकतामा पर्नुपर्ने बताए। उनले आयोगले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐनका विषयमा पनि धेरै सुझावहरू दिएको बताए। उनले मानवअधिकार आयोगमा काम गर्ने कर्मचारीहरूको सेवा सुविधामा पनि सुधार गर्न आवश्यक रहेको बताए

प्रकाशित: १९ श्रावण २०८० १३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App