१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

राष्ट्रिय स्क्वास प्रतियोगिता हुने

नेपाल स्क्वास र्याकेट्स सङ्घको आयोजनामा राजधानीमा पाँचौँ  धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता हुने भएको छ।

यही साउन २१ देखि २७ गतेसम्म सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट सङ्घको भवनमा सञ्चालन हुने उक्त प्रतियोगितामा करिब एक सय जना खेलाडीको सहभागिता रहने सङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगितामा १५ जना अफिसियल रहनेछन्।

प्रतियोगितामा पुरुष खुला, महिला खुला, जुनियर ब्वाइज यु–१९, मास्टर खुला (५० वर्षदेखि माथि)को स्पर्धामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा पहिलो हुनेलाई रु २० हजार (खुला पुरुष तथा महिला), दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुने खेलाडीलाई रु पाँच हजार प्रदान गर्ने आयोजकले जनाएको छ।

त्यस्तै जुनियर ब्वाइजतर्फ पहिलो हुनेलाई रु ११ हजार, दोस्रो हुनेलाई रु छ हजार र तेस्रो हुने खेलाडीलाई रु तीन हजार प्रदान गर्ने आयोजकको भनाइ छ।

प्रकाशित: १८ श्रावण २०८० १५:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App