४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हिमालय एअरलाइन्सद्वारा आर्थिक सहयोग

हिमालय एअरलाइन्सले आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत ‘शिक्षातर्फ पाइला’ अभियानलाई अगाडि बढाउँदै लवप्रसाद बालगृहलाई आर्थिक सहयोग गरेको छ।

अनाथ तथा विपन्न बालबालिकाको लागि लवप्रसाद सुधार संघद्वारा सञ्चालित लवप्रसाद बालगृहको भान्सा र भोजन कक्ष मर्मतसम्भारका लागि एअरलायन्सले उक्त सहयोग गरेको हो।

यसै क्रममा एअरलाइन्सका अध्यक्ष झो इन्योङले बालगृहका अध्यक्ष उषा कार्कीलाई ३ लाख ९६ हजार रूपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन्। यसबाहेक एअरलाइन्सले बालगृहमा आश्रित बालबालिकाका लागि भान्सामा प्रयोग हुने सामग्री सेट र खेलकुदका विभिन्न सामग्रीहरू पनि सहयोग गरेको छ।

प्रकाशित: २१ श्रावण २०८० ०२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App