२२ वैशाख २०८१ शनिबार
image/svg+xml

भक्तपुर अस्पताल १२०औँ वर्षमा प्रवेश, देशकै उत्कृष्ट भक्तपुर अस्पताल : मन्त्री जोशी

वीर अस्पताल पछिको दोस्रो अस्पतालको रुपमा स्थापना भएको भक्तपुर अस्पतालले आज आफ्नो १२०औँ वार्षिकोत्सव मनाएको छ।

११९ वर्षपछि भक्तपुर अस्पतालमा बालबालिकाका लागि आइसियु सेवा

स्थापनाको ११९ वर्षपछि भक्तपुर अस्पतालमा पहिलो पटक बालबालिकाका लागि आइसियु सेवा आइतबारदेखि सुरु हुने भएको छ। अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बालबालिकाका लागि आइसियु सेवा नहुँदा आकस्मिक अवस्थामा आमा र बच्चालाई अन्य अस्पताल रिफर गर्नुपर्ने अवस्था थियो। अब सो अवस्थाको अन्त्य हुने भएको छ।

भक्तपुर अस्पतालका मेसुदेखि कर्मचारीसम्मलाई सरुवाको धम्की

बिरामीको उपचार, ल्याब परीक्षण र औषधि खरिद गर्न निजी अस्पताल, क्लिनिक तथा औषधि पसलमा पठाइने गरेकामा केही चिकित्सक एवं कर्मचारीलाई कारबाही गरिएकाले बिचौलियासहित गिरोहले उनीहरूलाई नै सरुवा गर्न शक्तिकेन्द्र धाउन थालेका हुन्।

आठ जिल्ला अस्पतालमा वृहत अक्सिजन प्लान्ट जडानको तयारी

जोखिमलाई तत्काल न्यूनीकरण र उपचार सेवालाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेशका १३ जिल्ला अस्पतालमध्ये ८ वटाको अस्पताल परिसरमा वृहत अक्सिजन प्लान्ट जडान गर्ने कार्य अघि बढाइएको छ।

भक्तपुर अस्पताल उत्कृष्ट घोषणा

भक्तपुर अस्पतालमा शुक्रबार आयोजना गरिएको अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा भक्तपुर अस्पताल देशकै उत्कृष्ट अस्पतालमध्ये अग्रपङ्क्तिमा उभिन सफल भएको घोषणा गरिएको हो।

भक्तपुर अस्पतालमा पीसीआर परीक्षण सेवा सुरु

भक्तपुर अस्पतालमा विहीबारदेखि पीसीआर परीक्षण सेवा सुरु भएको छ। बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पतालमा ल्याइएको पीसीआर परीक्षण सेवा र सघन उपचार कक्ष (आइसीयू) को बिहीबार एक समारोहबीच उद्घाटन गरे।

भक्तपुर अस्पतालको सेवा सुचारु

भक्तपुर अस्पतालले आफनो सेवा सुविधा पुनः सुचारु गरेको छ । जेठ २५ गते साँंझ सुत्केरी हुने क्रममा मृत्यु भएकी महिलाको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि कोरोनाको आशंकामा अस्पतालको सवै सेवासुविधा बन्द गरिएको थियो ।

भक्तपुर अस्पतालको सेवा वन्द

अस्पतालमा आइतबार राति मृत्यु भएकी सुत्केरी महिलामा कोरोना भाइरस संक्रमण भएको आशंका भएपछि भक्तपुरको प्रमुख कोरोना अस्पताल भक्तपुर अस्पतालको सवै सेवा बन्द गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्