२० वैशाख २०८१ बिहीबार
image/svg+xml

मध्यपूर्व तनावको नेपाल बाछिटा

इजरायल एउटा कुरामा दृढ देखिन्छ–अक्टोबर ७ पछि हमासविरुद्धको उसको यो आक्रमण न्यायिक छ र हमासको अस्तित्व पूर्णतया निमिट्यान्न नपारेसम्म ऊ आफ्नो राष्ट्रिय सुरक्षामा ढुक्क हुन सक्दैन। गाजा क्षेत्रमा अक्टोबर २७ देखि गरिएको स्थल आक्रमण पनि दिन प्रतिदिन अन्योलमा फसेको देखिन्छ।

माली हमलामा चार सैनिक र सर्वसाधारण मारिए

साथै सो हमलामा परेर अरु दुई जना सर्वसाधारण पनि मारिएका छन्। सैनिकहरुको गस्तीमा मालीमा रहेको एक आतङ्ककारी समूहले बम हमला गरेको थियो।

पछिल्लो दुई हप्तामा जम्मु र काश्मिरमा छ जना उच्च कमाण्डरसहित २२ आतंककारी मारिएको दाबी

भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरमा जारी राखेको आतंककारीविरुद्धको कारबाहीका क्रममा गएको दुई हप्तायता मात्र कम्तीमा पनि २२ जना आतंककारी मारिएको भारतीय सेनाले जनाएको छ।

गएको ६ महिनामा जम्मु र काश्मिरमा ९३ जना आतंककारी मारिएको दाबी

भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरमा गएको ६ महिनामा कम्तीमा पनि ९३ जना आतंककारी मारिएको भारतीय सेनाले जनाएको छ।

पुटिनले दिए ट्रम्पलाई धन्यवाद

आफ्नो देशमा हुन लागेका ‘आतंककारी गतिविधिहरु’ रोक्न सहयोग हुने गरी गुप्तचरी सूचना उपलब्ध गराएको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन्। रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनले सोमबार एउटा विज्ञप्ति जारी गर्दै पुटिनले अमेरिकी समकक्षी ट्रम्पलाई धन्यवाद दिएको उल्लेख गरेको छ।

काबुलमा शक्तिशाली विष्फोट, कम्तीमा ३४ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यस विस्फोटमा परी अन्य ६८ जना घाइते भएका छन्।

विप्लवका गतिविधि आतंककारी शैलीका: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द नेतृत्वको समूहको गतिविधि आतंककारी भएको उल्लेख गर्दै सरकार त्यसलाई नियन्त्रण गर्न दृढ रहेको बताएका छन्।

विप्लव समूहको काम पैसा लुट्ने र तर्साउने मात्र हो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द नेतृत्वको समूहको गतिविधि आतंककारी भएको उल्लेख गर्दै सरकार त्यसलाई नियन्त्रण गर्न दृढ रहेको बताएका छन्।

अजहर राष्ट्रसंघको आतंककारी सूचीमा

काठमाडौंबाट २० वर्षअघि भएको एयर इन्डियाको विमान अपहरणसँग जोडिएका जैस–ए–मोहम्मदका संस्थापक नेता मसुद अजहरलाई संयुक्त राष्ट्रसंघले आतंककारीको सूचीमा राखेको छ। बिहीट्रसंघ सुरक्षा परिषद्द्वारा जारी विज्ञप्तिमा ५१ वर्षीय मोहम्मद मसुद अजहर अल्भीलाई आतंककारी सूचीमा राखिएको उल्लेख छ। राष्ट्रसंघको नियमावलीअनुसार आतंककारीको सूचीमा राखिएपछि अजहरलाई विश्वभर घुम्न प्रतिबन्ध लगाई सम्पत्ति रोक्का गरिएको छ।

विप्लवका आतंककारी गतिविधिमाथि प्रतिबन्ध लगाइएको हो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी (विप्लव) समूहका गतिविधि समाजलाई आतंकित पार्ने र ध्वंशात्मक भएकाले त्यस्ता गतिविधिमाथि प्रतिबन्ध लगाएको बताएका छन्। संघीय संसद्लाई सम्बोधन गर्दै आइतबार प्रधानमन्त्री ओलीले विप्लव समूहलाई धेरैपटक वार्ता गर्न तथा हिंसात्मक गतिविधि नगर्न आग्रह गर्दा पनि नमानेको भन्दै उसका ध्वंसात्मक गतिविधिमाथि प्रतिबन्ध लगाइएको दाबी गरे। ‘बम पड्काएर निर्दोष मानिस मारिएको छ, चन्दाका नाममा लुटपाट मच्चाइएको छ,’ प्रधानमन्त्री ओलीले भने ‘विप्लव समूहको विध्वंश माथि सरकारले निषेध गरेको छ।’

न्युजिल्याण्ड मस्जिद आक्रमणमा ४९ जनाको मृत्यु, २० को अवस्था गम्भीर

न्युजिल्याण्डको क्राइस्टचर्चस्थित एक मस्जिदमा आतंककारी समूहले शुक्रबार गराएको विष्फोटमा परी ४९ जनाको मृत्यु भएको छ। उक्त आक्रमणमा २० जना गम्भीर घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रधानमन्त्री यासिन्दा अडर्नले जानकारी दिएका छन्।

बम विस्फोटन ‘आतंककारी’ गतिविधि

विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिले ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयअगाडि भएको बम विस्फोट घटनालाई आतंककारी गतिविधि भएको बताएका छन्। सर्वसाधारणको ज्यान जानेगरी भएको विस्फोटन आतंककारी तथा आपराधिक घटना भएको उनीहरुको टिप्पणी छ।

फ्रान्समा तीन वर्षयताकै ठूलो आक्रमण

फ्रान्सको प्रसिद्ध स्ट्रासबर्ग सहर नजिकैको क्रिसमस बजारलाई लक्षित गरी मंगलबार भएको आतंककारी आक्रमणलाई सन् २०१५ पछिको सबैभन्दा ठूलो आक्रमणको रूपमा लिइएको छ।

आतंककारीसँग सम्वन्ध रहेको भन्दै टर्कीमा १८ हजार कर्मचारी बर्खास्त

टर्कीको सरकारले यहाँका करिब १८ हजार ६३२ कर्मचारीलाई बर्खास्त गरेको छ। सरकारले आइतबार एक निर्देशिका जारी गर्दै ती कर्मचारीलाई बर्खास्त गरेको हो।

इन्डोनेसियामा निरन्तर आतंककारी हमला, बुधबार चारको मृत्यु, कैयौँ घाइते

इन्डोनेसियामा गत आइतबारदेखि निरन्तर रुपमा  आतंककारी हमलाहरु भइरहेको छ। इन्डोनेसियाको दोस्रो ठूलो सहर सुरबियामा तीन दिनसम्म निरन्तर रुपमा आक्रमण भएपछि बुधबार उता राजधानी जकार्ता नजिकैको अर्को प्रान्त रियाउमा बम हानिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्