७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

न्युजिल्याण्ड मस्जिद आक्रमणमा ४९ जनाको मृत्यु, २० को अवस्था गम्भीर

तस्बिर : एपी

क्राइस्टचर्च– न्युजिल्याण्डको क्राइस्टचर्चस्थित एक मस्जिदमा आतंककारी समूहले शुक्रबार गराएको विष्फोटमा परी ४९ जनाको मृत्यु भएको छ। उक्त आक्रमणमा २० जना गम्भीर घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रधानमन्त्री यासिन्दा अडर्नले जानकारी दिएकी छिन्। 

‘यो प्रस्ट भएको छ कि आक्रमण आतंककारी समूहबाट भएको हो’, प्रधानमन्त्री अडर्नले भनिन्, ‘प्रारम्भिक अनुसन्धानपछि हामीलाई आएको सूचनामा आक्रमण सुव्यवस्थित तथा सुनियोजित रहेका बताइएको छ।’ 

अन्य दुई विस्फोटक पदार्थ राखी पठाइएको आशंकामा दुई गाडीलाई नियन्त्रणमा लिई निष्क्रिय बनाइएको प्रधानमन्त्रीले बताइन्। घटनाको विभिन्न कोणबाट सुक्ष्म अनुसन्धान सुरु गरिएको छ। 

यता विश्वकै शान्ति देशको रुपमा परिचित न्युजिल्याण्डमा भएको आतंकवादी हमलाको विश्वका नेताले भत्सर्ना गरेका छन्। एएफपी

प्रकाशित: १ चैत्र २०७५ १२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App