४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

रसुवागढी नाकामा रहेका एक मजदुरमा कोरोना संक्रमण

रसुवागढी नाकामा लोड अनलोड गर्ने एक जना मजदुरमा कोरोना पुष्टि भएको छ। चिनियाँ गाडीले ल्याएको सामग्री मितेरी पुलसम्म ल्याएर झार्ने भएकाले त्यहाँ १६ जना नेपाली कामदार राखिएको थियो।

बुटवलको कोरोना अस्पतालमा प्लाज्मा थेरापी गरिएकी एक महिलाको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा प्लाज्मा थेरापी गरीएकी कपिलबस्तुकी एक संक्रमित महिलाको आज बिहान मृत्यु भएको छ।

नवलपरासीकी संक्रमित महिलाको भिम अस्पतालमा मृत्यु

भैरहवाको भिम अस्पतालमा उपचारको क्रममा नवलपरासीकी एक कोरोना संक्रमित महिलाको गएराती मृत्यु भएको छ। नवलपरासीको रामग्राम नगरपालिका ५ की ६५ वर्षे ती महिलालाई सोमबार उपचारकालागि भैरहवाको भिम अस्पताल ल्याइएको थियो।

कोरोनाले रोक्यो ऐतिहासिक इन्द्रजात्रा

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाको प्रसिद्ध इन्द्रजात्रा पहिलो पटक रोकिएको छ ।

निषेधाज्ञा लगाउँदा पनि उपत्यकामा घटेन संक्रमितको संख्या

कोरोना नियन्त्रणका लागि विगत १३ दिनदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ। दोस्रो पटक थपिएको निषेधाज्ञाको म्याद वुधबार मध्यराती सकिँदैछ। निषेधाज्ञाले उपत्यकामा कोरोनाको फैलावट रोक्ने अपेक्षा गरिए पनि त्यसो हुन सकेन। दैनिकरुपमा उपत्यकमा कोरोनाका विरामी बढिरहेको तथ्याङकले देखाउँछ।

थप १ हजार ६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४० हजार नाघ्यो

पछिल्लो २४ घण्टामा १ हजार ६९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३४४ महिला र ७२५ पुरुष गरी १ हजार ६९ जना संक्रमित थपिएका हुन्।

उपत्यकामा थपिए ४८१ संक्रमित

पछिल्लो २४ घण्टामा उपत्यकामा ४८१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं ३९३ भक्तपुर ३० र ललितपुरमा ५८ संक्रमित थपिएका हुन्।

कोरोना त्रास : कारागारमा कोरोनाको उच्च जोखिम

केन्द्रीय कारागार सुन्धारामा राखिएका दीर्घरोगी कैदीबन्दीहरुको नियमित स्वास्थ्य जाँच नगराउँदा समस्या देखिएको छ। कारागार प्रशासनले पछिल्लो समय कारागार क्षेत्रमा संक्रमण देखिएपछि नियमित स्वास्थ्य जाँच गराउन छाडेको थियो।

बाँकेमा पहिलो पटक ‘प्लाज्मा थेरापी’ बाट उपचार

बाँकेमा पहिलो पटक कोरोना भाइरस संक्रमितको ‘प्लाज्मा थेरापी’ बाट उपचार सुरु गरिएको छ। भेरी अस्पताल नेपालगन्जमा भर्ना भएका सल्यानका २९ वर्षीय संक्रमित पुरुषको सोमबारबाट उपचार सुरु गरिएको हो। बिरामीका लागि नेपालगन्ज–१ का वडाअध्यक्ष एवम् उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले प्लाज्मा दान गरेका हुन्।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ७ जनाको मृत्यु, मृतकको संख्या २२८ पुग्यो

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृतकमध्ये महोत्तरीकी ४ वर्षिया बालिका समेत छन्। यस्तै गोरखा र रुपन्देहीका एक/एक महिला छन्। थप मृतकमा झापा, रौतहट, चितवन र भक्तपुरका पुरुष रहेका छन्। यो सँगै मृतकको संख्या २२८ पुगेको छ।

देशभर थपिए ८९९ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ८९९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३०३ महिला र ५९६ पुरुष संक्रमित थपिएका हुन्।

उपत्यकामा थपिए २९८ संक्रमित

पछिल्लो २४ घण्टामा उपत्यकामा २९८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १९० जना, भक्तपुमार ४१ जना र ललितपुरमा ६७ जना संक्रमित थपिएका हुन्। पछिल्लो पटक देशभर ८९९ जना संक्रमित थपिएका छन्।

कोरोनाबाट रुपन्देहीमा एक महिलाको मृत्यु

रुपन्देही तिलोत्तमाकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी तिलोत्तमा नगरापालिका ५ की ६८ वर्षे ती महिलाको उपचारकालागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।

वडाध्यक्ष नै आन्दोलनमा !

कोभिड– १९ को बढ्दो सङ्क्रमणका कारण झापाका विभिन्न सात वटा स्थानीय तहमा कतै आंशिक त कतै पूर्णरुपमा निषेधाज्ञा जारी गरिएको छ। जिल्लामा ५७४ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि दमक, कनकाइ, कमललगायतका स्थानीय तहमा पूर्णरुपमा निषेधाज्ञा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्