४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बुटवलको कोरोना अस्पतालमा प्लाज्मा थेरापी गरिएकी एक महिलाको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा प्लाज्मा थेरापी गरीएकी कपिलबस्तुकी एक  संक्रमित महिलाको आज बिहान  मृत्यु भएको छ।  

अस्पतालको आइसीयुमा उपचारत कपिलबस्तु कृष्णनगर नगरपालिका ११ की ६० बर्षे महिलाको आज बिहान सबा ९ बजे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाले बताए।

उच्च रक्तचापको समेत समस्या भएकी ती महिला भदौ ७ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवल आएकी थिइन्। सोही दिन स्वाब टेष्ट गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। अस्पताल आउँदादेखि नै स्वास्थ्य समस्या गम्भिर रहेकाले उनलाई आइसीयुमा राखेर उपचार गरिएको डा थापाले बताए। चिकित्सकहरुका अनुसार ती महिलालाई प्लाज्मा थेरापी दिइएपनि स्वास्थ्यमा सुधार आएको थिएन। यो अस्पतालमा यसअघि पनि प्लाज्मा थेरापी गरीएकी रुपन्देहीकै तिलोत्तमाकी एक महिलाको मृत्यु भैसकेको छ। चिकित्सकहरुका अनुसार  अहिलेसम्म अस्पतालमा उपचारत ९ जनालाई प्लाज्मा थेरापी दिइएको छ।  

 

प्रकाशित: १७ भाद्र २०७७ ०६:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App