१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

आज मध्यरातबाट मौन अवधि सुरू

उपनिर्वाचन हुने स्थानमा आज रातिदेखि मौन अवधि सुरू हुँदैछ। मंसिर १६ गते आइतबार हुने निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरू हुन लागेको हो। मौन अवधिका क्रममा कसैले पनि प्रचारप्रसार गर्न पाइँदैन।  

मौन अवधिमा उम्मेदवार वा अरु कोहीले पनि भौतिक, सामाजिक सञ्जाल वा कुनै पनि माध्याममार्फत मत माग्न नपाउने निर्वाचन आयोगले जनाएको छ। मौन अवधिको पालना भए नभएको बारेमा आयोगले सूक्ष्म अनुगमन गर्ने जनाएको छ।  

आयोगले मतदानको ४८ घण्टाअघिलाई मौन अवधिका रुपमा लागू गराउँदै आएको छ। आगामी आइतबार ४१ पदका लागि मतदान हुँदैछ। विभिन्न स्थानमा हुने मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकिएका छन्।

प्रकाशित: १३ मंसिर २०८१ ०८:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App