२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

संक्रमित ४० हजार ना­घ्यो

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४० हजार नाघेको छ । काठमाडौं उपत्यकासहित प्रमुख सहरमा संक्रमण बढ्ने दर बढिरहेका बेला मंगलबार मात्र १ हजार ६९ जनामा संक्रमण पुष्टि भएको हो । भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ४ वर्षीय बालिका र १० जना पुरुष छन् । मृतक पुरुषमा महोत्तरीका ३७ वर्षीय, सिराहाका ६५ वर्षीय, पर्साका ८०, ६० र ५३ वर्षीय, बाराका ६० वर्षीय, चितवनका ५२ वर्षीय, काठमाडौका ७० र ३५ वर्षीय र मकवानपुरका ५८ वर्षीय पुरुष छन् । बालिका महोत्तरीकी हुन् ।  

थप मृतकसहित नेपालमा मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ । नेपालमा कुल संक्रमित संख्याको ०.५९ प्रतिशत मृत्यु दर रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार संक्रमितको मृत्यु दर बढ्दो क्रममा रहेकोे छ । त्यसैगरी मंगलवार चौविस घण्टाभित्र थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ सय ४४ जना महिला र ७ सय २५ पुरुष छन् । नेपालमा कुल संक्रमित संख्या ४० हजार ५ सय २९ पुगेको छ ।  

कुल संक्रमितमध्ये १८ हजार १ सय ३२ जना सक्रिय संक्रमित छन् । मंगलबार सबैभन्दा काठमाडांै उपत्यकामा ४ सय ८१ जना छन् । यीमध्येमा पनि काठमाडौं जिल्लामा ३ सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना छन् । यीसहित उपत्यकामा ५ हजार ७ सय २४ जना पुगेका छन् । उपत्यकाबाहिर रूपन्देहीमा ९१, सुनसरीमा ५६, चितवनमा ४५, बझाङमा ४० जना संक्रमित थप भएका छन् ।  

मंगलबार थप ६ सय ७८ सँगै कोरोना निको हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ । नेपालमा अहिलेसम्म निको हुनेको संख्या ५४ प्रतिशत छ । सक्रिय संक्रमितमध्ये १० हजार ८ सय ३२ जना संस्थागत र ७ हजार २ सय ८० जना होम आइसोलेसनमा छन् । गम्भीर लक्षण भएका १ सय २७ जनाको आइसियुमा र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी बाग्मती प्रदेशमा ७ हजार १२ जना र प्रदेश २ मा हजार ६ सय ७ जना छन् ।  

मन्त्रालयका अनुसार १२ वटा जिल्लामा १२ वटा जिल्लामा ७३ प्रतिशत संक्रमित छन् । १२ वटा जिल्लामा ५ सय भन्दा बढी र ४ वटा जिल्लामा १ हजारभन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित: १७ भाद्र २०७७ ०२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App