१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

विधायन समितिको बैठक बस्दै, यस्तो छ एजेण्डा

File Photo

बिहीबार (आज) सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बोलाइएको छ। दिउँसो १ बजे सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा बस्नेछ। 

राष्ट्रिय सभा अन्तर्गतको समिति यस बैठकमा प्रमुख छलफलको विषय कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित हुनेछ। समितिले मन्त्रालयसँग आवद्ध आश्वासनहरूको बारेमा विस्तृत छलफल गर्ने सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ।

बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र सचिवलाई बोलाइएको छ। उनीहरूसँग मन्त्रालयका विभिन्न गतिविधिहरू र आगामी योजनाहरूको बारेमा जानकारी लिइने छ। 

प्रकाशित: १३ मंसिर २०८१ ०८:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App