आईसीसी महिला टी- २० विश्वकप ग्लोबल छनोटको खेल नि:शुल्क हेर्न पाइने भएको छ ।
नेपालमा आयोजना हुने ग्लोबल छनोटको सबै खेल काठमाडौंमा हुनेछ। शनिबार नेपाल क्रिकेट सघ (क्यान)का अनुसार ग्लोबल छनोटका खेल हेर्न दर्शकले शुल्क तिर्नुपर्ने छैन ।
विश्वकप ग्लोबल छनोटका खेल भोलिदेखि हुँदैछन्। खेल त्रिवि क्रिकेट मैदान र मुलपानीको माथिल्लो मैदानमा हुनेछ।
प्रतियोगितामा आयोजक नेपालसहित १० टोलीले सहभागीता रहनेछ । यो छनोटका शीर्ष ४ टोलीले महिला टी- २० विश्वकप खेल्नेछ।
प्रकाशित: ३ माघ २०८२ १६:३२ शनिबार





