६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

झापामा युथ भोलिन्टियर फोर्स घोषणा

झापामा युथ भोलिन्टियर फोर्स घोषणा गरिएको छ । विकास गिरीको नेतृत्वमा ६२ सदस्यीय फोर्स घोषणा गरिएको हो ।

नेकपा एमाले झापाको जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आज युथ भोलिन्टियर फोर्सका केन्द्रीय कमान्डर पुष्पराज श्रेष्ठले झापाको जिल्ला फोर्स घोषणा गरेका हुन् ।  

युथ भोलिन्टियर फोर्स झापाको सहायक कमाण्डरहरुमा भानु सुब्बा र बाबु लिम्बूसहितको जिल्ला फोर्स घोषणा गरिएको हो । युथ भोलिन्टियर फोर्सले पहिलो जिल्ला नेतृत्व घोषणा गरेको हो । युथ भोलिन्टियर फोर्सका केन्द्रीय कमाण्डर श्रेष्ठले उनीहरुलाई सपथग्रहण गराएका छन् ।  

श्रेष्ठले नेपाली जनताको सुरक्षाका लागि देशभर संगठन विस्तार गर्ने जानकारी दिए । उनले झापामा पहिलो पटक जिल्ला फोर्स घोषणा गरेको बताउँदै देशभित्र भइरहेका विदेशी चलखेल विरुद्ध युवाहरु एक हुन आह्वान गरेका छन् । उनले देश जलाउने र बनाउनेबीचको भिन्नता छुट्टाएर अघि बढ्न युवाहरुलाई सुझाव दिए ।  

घोषणा कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य झापा संयोजक रोमनाथ ओली, युथ भोलिन्टियर फोर्सका केन्द्रीय सदस्य राजकुमार थापा, एमाले झापाका उपाध्यक्ष शिव ढुङगेल लगायतले मन्तव्य राखेका थिए ।

युथ भोलिन्टियर फोर्स जिल्लाको टोलटोलमा सुरक्षा दस्ताका रुपमा गठन गर्दै जाने झापाका कमाण्डर विकास गिरीले जानकारी दिए ।

 

प्रकाशित: ३ माघ २०८२ १६:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App