विधायन समितिको बैठक बस्दै, यस्तो छ एजेण्डा
बिहीबार (आज) सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बोलाइएको छ। दिउँसो १ बजे सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा बस्नेछ।
बिहीबार (आज) सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बोलाइएको छ। दिउँसो १ बजे सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा बस्नेछ।
एक साताअघि गत कातिक ६ गते सभामुख देवराज घिमिरेले संसदीय विषयगत समितिका सभापतिहरूलाई बोलाएरै समितिको कामकारबाही अगाडि बढाउन र संसदीय समितिमा विचाराधीन विधेयक अगाडि बढाउन निर्देशन दिएका थिए।
बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुने कार्यसूची छ ।