१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पछिल्लो २४ घण्टामा कोरोनाबाट ७ जनाको मृत्यु, मृतकको संख्या २२८ पुग्यो

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृतकमध्ये महोत्तरीकी ४ वर्षिया बालिका समेत छन्। यस्तै गोरखा र रुपन्देहीका एक/एक महिला छन्। थप मृतकमा झापा, रौतहट, चितवन र भक्तपुरका पुरुष रहेका छन्। यो सँगै मृतकको संख्या २२८ पुगेको छ।

पछिल्लो २४ घण्टामा ३०३ महिला र ५९६ पुरुष गरी ८९९ कोरोना संक्रमित थपिएका छन्। देशभर अहिलेसम्म संक्रमितको संख्या ३९४६० पुगेको छ।  

 

प्रकाशित: १५ भाद्र २०७७ १०:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App