४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

घट्यो पिसिआर परीक्षणको शुल्क

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको शुल्क तोकेको छ। मन्त्रालयका सहायक प्रवक्ता समीरकुमार अधिकारीका अनुसार पिसिआर परीक्षणको शुल्क ४४०० तोकिएको छ। यस अघि मन्त्रालयले पिसिआर परीक्षणको शुल्क ५ हजार ५०० तोकेको थियो। पिसिआर परीक्षणको अनुमति पाएका अस्पताल तथा ल्यावले यो भन्दा बढी शुल्क पनि लिने गरेको पाइएको थियो।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा ४ जना महिला र १० जना पुरुष छन्।

पछिल्लो २४ घण्टामा १२ सय २१ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा १२ सय २१ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमित मध्ये ३४८ महिला र ८७३ पुरुष छन्। १२ हजार ७ सय १७ जनाको पिसिआर परीक्षण गर्दा उक्त संक्रमित भेटिएका हुन्।

उपत्यकामा थपिए ४२९ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ४२९ जना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३७२ जना, भक्तपुरमा १२ जना र ललितपुरमा ४५ संक्रमित भएका हुन्।

जो खुलामञ्चमा एक छाक खाना कुर्छन् (फोटो फिचर)

विश्व अहिले कोरोना महामारीसँग जुधिरहेको छ। महामारीका कारण नेपालमा पनि लामो ‘लकडाउन’ भयो। महामारीले स्वास्थ्य संकट मात्र होइन समाजका हरेक ठाउँमा अप्ठ्यारो स्थिति पैदा गर्छ। यसले स्वास्थ्यसँगै आर्थिक क्षेत्रमा गहिरो प्रभाव पार्छ।

भक्तपुरमा होम आइसोलेशनमै सङ्क्रमितको मृत्यु

उच्च रक्तचाप र महुमेहलगायत औषधि सेवन गरिरहेका कोरोना भाइरस सङ्क्रमित एक पुरुषको होम आइसोलेशनमै गए राति मृत्यु भएको छ।

तनहुँको भानुमा एकैदिन २२ जनामा कोरोना संक्रमण

तनहुँको भानु नगरपालिकामा एकैपटक २२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण क्रममा भानु–६ मा ९ जना पुरुष र ७ मा १० जना पुरुष र तीन जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

अहिलेसम्म प्लाजमा थेरापीबाट कति जनाको उपचार भयो ?

कोरोना संक्रमितका लागि नेपालमा पनि प्लाज्मा थेरापीबाट उपचार थालिसकिएको छ। देशभर यस विधिबाट २० जना भन्दाा धेरैको सफल उपचार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन्।

थप तीन अस्पताल कोरोना उपचारका लागि सूचिकृत

सरकारले थप तीन अस्पताललाई कोरोना उपचारका लागि अनुमति दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार वीरगन्जको नेसनल मेडिकल कलेज र काठमाडौंको जनमैत्री अस्पताल र कान्तिपुर अस्पताललाई कोभिड १९ अस्पकतालमा सूचिकृत गरिएको हो।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाको मृत्यु भएक छ। स्वास्थ्य तथा जनसंख्याका मन्त्रालयका अनुसार मोरङमा २ महिला, भक्तपुर र मकवानपुरमा १/१ जना महिलाको मृत्यु भएको छ।

थप ९२७ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार २ सय २९ जनाको पिसिआर परीक्षण गर्दा ९२७ जनामा कोरोना देखिएको हो। यो सँगै संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ।

उपत्यकामा थप ४१५ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ३५०

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४१५ जनामा कोरोन संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३५०, भक्तपुरमा ५३ र ललितपुरमा ११ जनामा कोरोना संक्रमण भएको हो।

सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ

कोरोना भाइरस सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ देखिएको छ। बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए।

चितवनमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

चितवनमा कोरोना संक्रमण (कोभिड १९) बाट थप दुई जनाको मृत्यु भएको छ। चितवन मेडिकल कलेज र पुष्पाञ्जली हस्पिटल प्रा लिमा मृत्यु भएको हो। चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका–१९ की ७१ वर्षीया महिलाको शुक्रबार बिहान ६:५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

स्वास्थ्यकर्मीलाई कोरोनाको भन्दा समाजको डर !

स्वास्थ्यकर्मी भएपछि विरामीको उपचारको लागि सँधै तयार रहनुपर्छ। आखिर हामीले पढेको, सिकेको र मैनवत्ति समाएर खाएको कसमको वास्तविकता पनि त्यही हो। चीनको उहानमा कोरोना भाइसरका विरामी देखिंदा नेपालसम्म आउला भन्ने कमैले सोचेका थिए। जब नेपालमा पहिलो केस देखियो मलाई लागेको थियो अब हामी पनि तयार हुनुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्