४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

तनहुँको भानुमा एकैदिन २२ जनामा कोरोना संक्रमण

तनहुँको भानु नगरपालिकामा एकैपटक २२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण क्रममा भानु–६ मा ९ जना पुरुष र ७ मा १० जना पुरुष र तीन जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।  

कोरोना सङ्क्रमण पुष्टि हुनेहरु अधिकांश समुदायका व्यक्तिहरु रहेको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताए। ‘समुदायस्तरमा कोरोना फैलिएपछि हामीले  भदौ १० गते १ सय ७५ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाएको थियौँ,’ उनले भने। संक्रमित हुनेहरुमा  केही बाहिरबाट आएका व्यक्ति, केही व्यापारी  समेत रहेको भट्टराईले बताए।

कोरोना पुष्टि हुनेमा भानु नगरपालिका–६ का ६९, ४०, २३, ४०, ५१, ४०, ६८, ३८, ६२ वर्षीय पुरुष छन्। भानु–७ का ३२, ४६, ३६, ६०, ५६, ३६, ५५, ६०,  २७ र ३८ वर्षीया पुरुष छन्। त्यस्तै वडा नं ७ कै ८, ५४ र २५ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ।

भानु नगरपालिकामा भदौ ९ गते पनि वडा नं १ मा ६ जना सङ्क्रमित थपिएका थिए। भदौ ४ गते दुई, साउन ३२ गते एक, साउन ३१ गते दुई, साउन ३० गते २०, साउन २७ गते एक जना समुदायका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख भट्टराईको भनाई छ। समुदाय स्तरमा तनहुँमा एकै पालिकामा यति धेरै जनामा कोरोना संक्रमण देखिएको यो पहिलो पटक भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ। भानु नगरपालिकामा कोरोना संक्रमण फैलिएपछि दुई साता अगाडीदेखी लकडाउन गरिएको छ।  

 

 

 

प्रकाशित: १४ भाद्र २०७७ ०६:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App