स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको शुल्क तोकेको छ। मन्त्रालयका सहायक प्रवक्ता समीरकुमार अधिकारीका अनुसार पिसिआर परीक्षणको शुल्क ४४०० तोकिएको छ। यस अघि मन्त्रालयले पिसिआर परीक्षणको शुल्क ५ हजार ५०० तोकेको थियो। पिसिआर परीक्षणको अनुमति पाएका अस्पताल तथा ल्यावले यो भन्दा बढी शुल्क पनि लिने गरेको पाइएको थियो।
प्रकाशित: १४ भाद्र २०७७ ११:५५ आइतबार