४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

निषेधाज्ञा लगाउँदा पनि उपत्यकामा घटेन संक्रमितको संख्या

कोरोना नियन्त्रणका लागि विगत १३ दिनदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ। दोस्रो पटक थपिएको निषेधाज्ञाको म्याद वुधबार मध्यराती सकिँदैछ। निषेधाज्ञाले उपत्यकामा कोरोनाको फैलावट रोक्ने अपेक्षा गरिए पनि त्यसो हुन सकेन। दैनिकरुपमा उपत्यकमा कोरोनाका विरामी बढिरहेको तथ्याङकले देखाउँछ।  

उपत्यकामा आज मात्रै ४८१ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३९३ जना,  भक्तपुरमा ३० र ललितपुरमा ५८ जना संक्रमित थपिएका हुन्।

हालसम्म उपत्यकामा ५७२४ जना संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म काठमाडौंमा ४५ सय २२ जना, भक्तपुरमा ५१७ जना र ललितपुरमा ६८५ जना संक्रमित फेला परेका छन्।  

पछिल्लो २४ घण्टामा देशभर १ हजार ६९ जना कोरोना संक्रमित थपिएका छन्। प्रवक्ता गौतमका अनुसार ३४४ महिला र ७२५ पुरुष गरी १ हजार ६९ जना संक्रमित थपिएका हुन्। यस्तै संक्रमणमुक्त हुनेको संख्या ७६८ रहको छ।  यो सँगै कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ।  यस्तै संक्रमणमुक्त हुनेको संख्या २२ हजार १७८ रहेको छ।  

संक्रमितको संख्या बढ्दै जाँदा मृतकको संख्या पनि बढ्दै गइरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै ११ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। यो सँगै मृतकको संख्या २३९ पुगेको छ।

 

 

 

 

 

 

 

प्रकाशित: १६ भाद्र २०७७ ११:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App