४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोनाबाट रुपन्देहीमा एक महिलाको मृत्यु

रुपन्देही तिलोत्तमाकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी तिलोत्तमा नगरापालिका ५ की ६८ वर्षे ती महिलाको उपचारकालागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।  

मधुमेह र उच्च रक्तचापको समस्या रहेको ती महिलालाई भदौ ११ गते कोरोना पुष्टि भएको थियो। होम आइसोलेसनमा बसेकी उनलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारकालागि भैरहवा भिम अस्पताल लैजाने क्रममा आइतबार राती ९ बजे पछि मृत्यु भएको तिलोत्तमा नगरपालिकाका स्वास्थ्य संयोजक इश्वरी पौडेलले बताए।  

ती महिलाका आफन्तका अनुसार उनलाई आइतबार दिउँसोदेखि नै स्वासप्रश्वासमा समस्या देखिएको थियो।लगत्तै आफन्तले वडाध्यक्ष र नगरपालिकाकालाई खबर गरेका थिए। नगरपालिकाका स्वास्थ्यकर्मीले उनलाई तत्कालै आइसीयुमा लैजान सिफारिस गरे। तर बुटवलको कोरोना विशेष अस्पालले आइसीयु बेड खाली नभएको भन्दै अन्यत्र लैजान सुझाव दियो। स्वास्थ्य अबस्था बिग्रदै गएपछि नगरपालिकाकै समन्वयमा एम्बुलेन्स व्यवस्था गरी राती ९ बजे भैरहवा भिम अस्पतालमा लगियो। भिममा पनि भएको एउटा भेन्टिलेटर सहित ५ वटा आइसीयुका उपकरण जनशक्ति नहुँदा थन्काएर राखीएको छ। सामाजिक विकास मन्त्रालयले नै समन्वय गरेपछि एउटा बेड म्यानेज गर्ने भन्दै बिरामीलाई  अस्पताल पुर्याइयो। अस्पताल पुर्याए लगत्तै चिकित्सकहरुले ती महिलाको  मृत्यु भएको पुष्टि गरे।

केही समय अघि बुटवलको एक निजी अस्पतालमा उपचार गराएकी ती महिलालाइ सोही अस्पतालका चिकित्सक नर्समा कारोना देखिएपछि स्वाब टेष्ट गरीएको थियो। उनको अन्य ट्राभल हिष्ट्रि नभेटिएको र सोही अस्पतालबाट संक्रमण सरेको हुन सक्ने बताइएको छ।

पछिल्लो समय प्रदेश राजधानीमै आइसीयु भेन्टिलेटरमा उपचार गराउनु पर्ने गम्भिर अबस्थाका संक्रमितहरुले उपचार पाउन सकिरहेका छैनन। त्यस्ता संक्रमित मध्ये केहीलाई चितवन काठमाडौं पुर्याइएको छ। आइतबारै बिहान आइसीयु बेड नहुँदा लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा गम्भिर अवस्थाका बुटवलका एक संक्रमितको मृत्यु भएको थियो।

 

प्रकाशित: १५ भाद्र २०७७ ०८:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App