४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

रसुवागढी नाकामा रहेका एक मजदुरमा कोरोना संक्रमण

रसुवागढी नाकामा लोड अनलोड गर्ने एक जना मजदुरमा कोरोना पुष्टि भएको छ। चिनियाँ गाडीले ल्याएको सामग्री मितेरी पुलसम्म ल्याएर झार्ने भएकाले त्यहाँ १६ जना नेपाली कामदार राखिएको थियो।  

त्यहाँ काम गर्ने मध्ये २६ वर्षीय एक जना पुरुषमा मंगलबार कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ। उनलाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ। योसँगै हालसम्म जिल्लामा १९ जनामा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये १४ जना निको भएर घर फर्किसकेका छन्। आइसोलेसनमा रहेकामध्ये २ जना भोली डिस्चार्ज हुने कार्यालय प्रमुख किरण श्रेष्ठले बताए।  

जिल्लाको नौकुण्ड गाउँपालिकामा ९, उत्तरगयामा ६, गोसाइँकुण्डमा १ र कालिकामा १ जनामा कोरोना पोजेटिभ देखिएको थियो। विदेशबाट आएका १६, एक जना स्थानीय कामदार, एक जना स्वास्थ्यकर्मी र एक जना कर्मचारीमा हालसम्म कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ।  

यसैगरी रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिलकुमार खरेलका अनुसार अस्पतालको आइसोलेसनमा बसेका ५० वर्षका एक जना पुरुषको दोस्रो पटक गरिएको पिसिआरको रिर्पोट नेगेटिभ अर्थात कोरोना नभएको आएको छ।  

जिल्लामा ३५ शैयाको आइसोलेसन र ३ सय २ शैयाको क्वारेन्टिन रहेको छ।

 

प्रकाशित: १७ भाद्र २०७७ ०७:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App