बागलुङको विकट क्षेत्रका सडक कालोपत्रे गरिँदै
ट्रयाक खुलेको १० वर्षसम्म पनि सडक स्तरोन्नति नहुँदा जोखिम मोलेर यात्रा गर्दै आएका नागरिक कालोपत्रे हुने भएपछि हर्षित भएका छन्।
ट्रयाक खुलेको १० वर्षसम्म पनि सडक स्तरोन्नति नहुँदा जोखिम मोलेर यात्रा गर्दै आएका नागरिक कालोपत्रे हुने भएपछि हर्षित भएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला आठ सयले बढेर एक लाख २५ हजार आठ सय कायम भएको छ।
खैरहनी नगरपालिका–४ चैनपुरका श्याम गुरुङ व्यावसायिक रूपमा मौरीपालन गर्न थालेको २४ वर्ष पुग्यो।
बागलुङ बजारमा पहिलोपटक दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको छ। उद्यमशील मगर महिला समूह बागलुङ नगरपालिका– ३ शान्तिटोलले मङ्गलबारदेखि दुनाटपरी उत्पादन गर्न थालेको छ।
साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक २२.१० अङ्कले वृद्धि भएको छ।
सिरहाको गोलबजार नगरपालिका–६ गोलबजारस्थित होटलमा भएको महिला हत्याको अनुसन्धानको क्रमममा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ।
बागलुङको तमानखोला गाउँपालिका– ३ तमान गाउँका १५ जना उत्साहित महिला मिलेर ढाका उद्योग सञ्चालन गरे।
सरकारले काठमाडौं उपत्यकाका तीनवटा कारागारका कैदीको स्वास्थ्य बिमा गरेको छ।
जिल्लामा उत्पादित महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका किसान समस्यामा पर्न थालेका छन्। चालु आर्थिक वर्षमा मात्रै दुई हजार सात सय मौरीपालन किसान पलायन भएका हुन्।
राज्य र बजारले महत्त्वपूर्ण निर्वाह गर्दागर्दै पनि यिनीहरू असन्तुलन, गल्ती, अप्रभावकारिता, असफलता तथा निश्चित स्वार्थको हावी जस्ता जोखिममा निरन्तर रहने गर्छन्। यसले बढ्दो असमानतादेखि लिएर सार्वजनिक वस्तुहरूको आपूर्तिमा कमी जस्ता अनगिन्ती समस्या निम्त्याउन सक्छ।
कारोबार सुरु भएको दुई घण्टामा ६ प्रतिशतले बढेपछि परिसूचक ११७.७० अंकले बढेर २०७८ को बिन्दुमा बन्द भएको हो।
बर्दियाको सदरमुकाम गुलरिया बजारदेखि १९ किलोमिटर पूर्व र बाँके नेपालगन्जदेखि १७ किलोमिटर पश्चिम मैनापोखर बजार नजिक एउटा पुल बनेको छ।
लहान नगरपालिका–१६ तरेगणाका उनलाई गाउँबाट लहान बजारको हाटबजारसम्म करिब १५ किलोमिटरको दूरी हप्तामा दुईपटक दुःख, कष्टले धाउनु नियमित कर्मजस्तै बनेको थियो। अहिले भने महतोले आफ्नो उत्पादनलाई उचित मूल्यमा गाउँकै हाटबजारमा बेच्न पाएका छन्।
व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत चीन र भारत जोड्ने सोझो ‘लिङ्क’ रोडको विराटनगर–धरान सडक खण्डअन्तर्गत दुहबीमा सडक विस्तार गर्न नदिन स्थानीय शुक्रबार एकदिने सत्याग्रहमा बसेका छन्।
नगरपालिकाले विकट गाउँसम्म स्वास्थ्य सेवाको पहुँचसँगै जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरेपछि अहिले सो सफलता प्राप्त भएको हो।