१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख २५ हजार नाघ्यो

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला आठ सयले बढेर प्रतितोला एक लाख २५ हजार आठ सय कायम भएको छ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजारमा कारोबार भएको थियो।

त्यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला आठ सयले वृद्धि भई एक लाख २५ हजार दुई सय कायम भएको छ। बुधबार तेजावी सुनको मूल्य प्रतितोला रु एक लाख २४ हजार चार सय थियो।

यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५० ले वृद्धि भई एक हजार पाँच सय १५ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो।

प्रकाशित: १ चैत्र २०८० ११:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App