फेरि बढ्यो कोरोना जोखिमः नियम कडा, कार्यान्वयन फितलो
गत वर्ष कोरोना संक्रमण मुलुकमा प्रवेश गर्दा मानिसहरु ‘अब मरिने भइयो’ भन्दै घर बाहिर जान डराउँथे। थोरै संक्रमित हुँदा पनि मानिसमा डरको पारा धेरै माथि थियो।
गत वर्ष कोरोना संक्रमण मुलुकमा प्रवेश गर्दा मानिसहरु ‘अब मरिने भइयो’ भन्दै घर बाहिर जान डराउँथे। थोरै संक्रमित हुँदा पनि मानिसमा डरको पारा धेरै माथि थियो।
जनस्वास्थ्य मापदण्ड पालनामा लापरबाही जारी रहे छिटै दैनिक ११ हजारजनाका दरले कोरोना संक्रमण बढ्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औंल्याएको छ। यस हिसाबले आगामी असारसम्ममा ६ लाखभन्दा बढीमा कोरोना संक्रमण हुने आकलन गरिएको छ।
आज एकैदिन कोरोनाबाट १३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ५ सय ५९ जनामा कोरोना संक्रमण भएको छ।
भारतमा शुक्रवार १ लाख ३१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतका विभिन्न राज्य कोरोना संक्रमण रोक्न संघर्षरत छन्। संक्रमण दर बढ्दै गएपछि खोप अभाव भएको छ।
भारतका विभिन्न राज्य कोरोना संक्रमण रोक्न संघर्षरत छन्। संक्रमण दर बढ्दै गएपछि खोप अभाव भएको छ। पहिलो चरणमा भन्दा व्यापक रूपमा यसपटक महामारी फैलिएपछि सरकारी अधिकारी आश्चर्यमा परेका छन्। उनीहरूले मास्क लगाउन गरेको हेलचेक्र्याइँका कारण यसरी महामारीले उग्र रूप लिएको दाबी गरेका छन्।
कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्धको घोषणा गरिएको छ। त्यहाँको सरकारले रातको समयमा कर्फ्यूका साथै साप्ताहिक विदाका समयमा अर्थात् शनिबार र आइतबार लकडाउन समेत हुनेगरी सोमबारदेखि यस्तो प्रतिबन्धको व्यवस्था लागु गरेको हो।
भारतीय अभिनेता गोविन्दा कोरोना भाइरसबाट संक्रमित भएका छन्। भारतीय सञ्चारमाध्यमले अभिनेता गोविन्दालाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको खबर सार्वजनिक गरेका छन्।
रणबीर कपूर कोरोनाबाट निको भएको एक हप्ता पछि उनकी प्रेमिका अर्थात बलिउड अभिनेत्री आलिया भट्ट कोरोना संक्रमित भएकी छिन्।
कोरोना संक्रमण बढ्ने सम्भावना देखिएपछि उपत्यकाका तीनवटै प्रजिअबीच पूर्वतयारीको सम्बन्धमा बुधबार र बिहिबार छलफल भएको थियो। छलफलका क्रममा तत्काल लकडाउन नगर्ने निर्णय भएको छ। उपत्यकामा संक्रमण बढे थप कडाई र लकडाउन समेत गरिने प्रशासनले जनाएको छ।
छिमेकी राष्ट्र भारतका सीमावर्ती भागहरूमा कोरोना संक्रमण तीव्र भएको छ। यसको असर नेपालमा पनि साताभित्रै देखिन सक्छ। केही दिनयता मुलुकभित्र संक्रमितको संख्या पनि बढ्दो देखिएको छ। स्वास्थ्य मन्त्रालयले बुधबार आमजनतालाई सतर्क रहन आग्रह गरेको छ। मन्त्रालयले संक्रमण दर उच्च हुँदै गए लकडाउनसम्म हुन सक्ने संकेत गरेको छ।
छिमेकी देश भारतमा पछिल्ला केही दिनमा कोभिड–१९ संक्रमण बढ्न थालेको छ । आइतबार मात्रै त्यहाँ झन्डै ४७ हजार कोरोना भाइरस संक्रमित थपिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । एक दिनमै यसरी बढेको संक्रमित संख्या पछिल्लो चार महिनायताकै सबैभन्दा बढी हो । भारतको महाराष्ट्रमा मात्रै आइतबार एकै दिन ३० हजार संक्रमित थपिएका छन् । पछिल्ला २ साता भारतमा संक्रमित संख्या लगातार बढ्दो क्रममा छ ।
कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप एक जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार यो साता साउदी अरबमा एकजना नेपालीको संक्रमणका कारण निधन भएको हो।
मुलुकले कोरोना भाइरस संक्रमणको मार खेप्न थालेको वर्षदिन पुगेको छ । यो अवधिमा कोरोनाको मारमा परेका धेरै क्षेत्र ब्यूँतिएको भएपनि पर्यटन भने अझै शुन्यकै अवस्थामा रहेको भन्दै पर्यटन व्यवसायीले दुखेसो पोखेका छन् ।
कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित एक अध्ययनले देखाएको छ। कोरोना पुनः संक्रमण सम्भावनासम्बन्धी डेनमार्कमा भएको एक बृहत् अध्ययनले शून्य दशमलब ६५ प्रतिशतमा मात्र दोस्रोपटक पिसिआर परीक्षण पोजेटिभ देखाएको छ।
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड १० लाख ४६ हजारभन्दा बढी पुगेको छ। विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ७ सय३८ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख ४६ हजार ९ सय१४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ।