ओखलढुंगामा १० जना डेंगीका संक्रमित फेला
ओखलढुंगामा पनि डेंगी रोगका संक्रमित फेला परेका छन्। जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेल हर्कपुरका दश जनामा एकै पटक डेंगीको लक्षण देखिएको हो।
ओखलढुंगामा पनि डेंगी रोगका संक्रमित फेला परेका छन्। जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेल हर्कपुरका दश जनामा एकै पटक डेंगीको लक्षण देखिएको हो।
सिरहाको गोलबजार नगरपालिकामा करिब १० जनामा डेंगी संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख पवन कुमार पञ्जीयारले बताएका छन्। तर, यस नगरपालिकाले फगिङ मेसिन प्रयोग गरेर लामखुट्टे धपाउँदैछ।
जिल्लाका अस्पतालमा चितवनसहित देशका कम्तीमा १८ जिल्लाका डेंगी सङ्क्रमितको उपचार भइरहेको छ। स्वास्थ्य कार्यालय चितवनले सङ्कलन गरेको तथ्याङ्कमा केही बिरामीको जिल्ला स्पष्ट नभएको पाइएको छ।
आइतबार काठमाडौंकी ४० वर्षीया महिला हनहनी ज्वरो आएपछि टेकु अस्पताल पुगिन् । उनको ज्वरो न डेंगीको थियो न अन्य कुनै रोगको । उनी डेंगी लाग्यो कि भन्ने त्रासले अस्पताल पुगेकी थिइन् । ती महिलाले शुक्रराज ट्रपिकल अस्पतालका डा. शेरबहादुर पुनलाई दिएको विवरणअनुसार उनलाई शनिबार लामखुट्टेले हातमा टोकेको थियो । लामखुट्टेले टोक्नेबित्तिकै उनमा डेंगी भयो भन्ने विचार आयो । त्यही सोच बढ्दै गएपछि उनमा ज्वरो आएको डा. पुन बताउँछन् । लामखुट्टेले टोकिहाले पनि संक्रमण हुन चारदेखि आठ दिन लाग्छ । यो अवधिलाई संक्रमणको इन्कुभेसन अवधि भनिन्छ । यस कारण उनमा डेंगी भइसकेको छैन र भए पनि लक्षण देखिने समय भएको थिएन ।
रुपन्देहीका सरकारी तथा नीजि अस्पतालहरुमा डेंगी रोगीहरुले भरिभराउ भएका छन्। लुम्बिनी प्रादेशिक अस्पतालमा डेंगी संक्रमणले उपचारका लागि आउनेहरुले बेड भरिभराउ छ।
.... ‘डेंगीका बिरामीलाई झुलभित्र राखेर उपचार नगरिनु लापरबाही हो,’ प्रदेश सामाजिक मन्त्रालय श्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्की भन्छन, ‘डेंगी संक्रमितलाई झुलबिना खुला शड्ढयामा राखेर उपचार गराउँदा सर्ने सम्भावना हुन्छ।’ डेंगी संक्रमितलाई टोकेको लामखुट्टेले अरुलाई टोके यो रोग सर्छ। .... माया मेट्रो अस्पतालमा उपचार गराएका रमेश चौधरी भन्छन्– करिब एक साताको उपचारपछि डेंगी निको त भयो तर पैसा धेरै खर्च भयो। भारतमा वर्षभरि मजदुरी गरी कमाएको पैसा यही उपचारमा सकियो। उपचारमा ४२ हजार रुपैयाँ लाग्यो। दिलबहादुर छत्याल
गत असारदेखि फैलिएको डेंगीको प्रकोपले जनमानसमा अहिले पनि त्रास छ। साउनदेखि अहिलेसम्म ७ हजार ३ सय ७० जनामा डेंगी संक्रमण भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ।
पाकिस्तानमा डेंगीका कारण यस बर्ष १६ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ।
सुदुरपश्चिममा भयाभह रुपमा फैलिएको डेंगी र स्क्रव टाईफसबाट ३ को ज्यान गएको छ भने १ सय ७८ संक्रमित भएका छन। तराईका दुई जिल्ला कैलाली र कंचानपुरका साथै पहाडी ६ जिल्लामा पनि डेंगीको संक्रमण फैलिएको छ।
पछिल्लो समय सुदूरपश्चिम प्रदेशका जिल्लामाहरु फैलिँदै गएको स्क्रब टाइफस र डेंगी रोग डडेलधुरामा पनि फेला परेको हो।
देशभर डेंगी फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गए । दुई साताअघि भारत गएका उनले ६ दिन उतै बिताए । अस्पतालहरूमा अहिले डेंगीसँगै स्क्रबटाइफस लगायतका बिरामीको चाप बढिरहेको छ । तर स्वास्थ्य मन्त्री यादव भने फेरि विदेश सयरमा जान लागेका छन् । त्यो पनि दुई साताका लागि ।
रौतहटमा डेंगु संक्रमित बिरामीहरुको संख्या दिनदिनै बढ्न थालेको छ । जिल्लाको गुजरा, वृन्दावन, चन्द्रपुर, कटहरिया, माधवनारायण र बौधीमाई नगरपालिकामा डेंगुका बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।
डेंगी रोगको बारेमा धेरैले सुने पनि कमलाई मात्र यो रोगबाट बच्ने उपाय थाहा भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ। परिषद्ले केही समयअघि गरेको अनुसन्धानमा ८० प्रतिशतलाई यो रोगबाट बच्ने उपाय थाहा नभएको पाइएको छ।
मुलुकभर डेंगी फैलिरहेकै बेला त्योभन्दा कडा रोग स्क्रबटाइफस फैलिएको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दुई सातायता डडेल्धुुरा, पाल्पा, धादिङ, नुवाकोट, काठमाडौंलगायतका जिल्लामा यो रोग देखा परे पनि सोमबार साँझसम्म कतिजना संक्रमित भए भन्ने यकिन तथ्यांक भने उपलब्ध हुन सकेको छैन।
भरतपुर महानगरमा डेंगीको संक्रमण संख्या बढ्दै गएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चितवनका विभिन्न अस्पतालमा ६ हजार ९३ जना बिरामीले डेंगी परीक्षण गराएका छन्। जसमध्ये १ हजार ८ सय ५७ जनामा डेंगी संक्रमण भेटिएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए।