११ मंसिर २०८१ मंगलबार
image/svg+xml

पर्यटकीय सिजनको मुखैमा डेंगी त्रास

पर्यटनमा सेप्टेम्बरदेखि नोभेम्बरसम्मको अवधिलाई मुख्य सिजन मानिन्छ। मौसम अनुकूल हुने हुँदा यो बेला नेपाल घुम्न आउने विदेशी पर्यटकको चाहना हुन्छ। तर, मुख्य सिजनको सुरुमै पोखरामा डेंगी संक्रमण डरलाग्दो रुपमा फैलिइरहेको छ।

सूचना आयोगको सरकारलाई आदेश- डेंगीबाट बच्न तत्काल उचित सूचना प्रवाह गर्नू

राष्ट्रिय सूचना आयोगले मुलुकभित्र फैलिँदो डेंगी रोगबाट बच्न आवश्यक सूचना प्रवाहको उचित व्यवस्था तत्काल गर्न सरकारलाई आदेश दिएको छ।

विद्यालयमा डेंगी रोकथाम अभियान

डेंगीको संक्रमण बढ्दै गएपछि यसको रोकथामका लागि यहाँका विद्यालयमा अभियान शुरु गरिएको छ। यस क्रममा ‘इन्ट्र्याक्ट क्लब अफ क्यास्पियन एकेडेमी धनगढी’को पहलमा छात्रछात्रा, अभिभावक र सर्वसाधारणको सहभागितामा जनचेतामूलक नाटक प्रदर्शन गरिएको छ।

झापामा ५ सय भन्दाबढी डेंगीका बिरामी

तीन महीनाअघि देखा परेको डेंगी रोग झापामा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय पालिकालेसमेत प्रभावकारी काम गर्न नसक्दा डेंगी रोग नियन्त्रणमा आउन नसकेको हो ।

धुलिखेल अस्पतालमा डेंगी र स्क्रबटाइफसका बिरामी

धुलिखेल अस्पतालमा डेंगी र स्क्रबटाइफसका १४ जना बिरामी भर्ना भएका छन्। भर्ना भएकामा डेंगीका सात र बाँकी स्क्रबटाइफस संक्रमित छन्।

डेंगी परीक्षण गर्न तीन सय ३१ कीट

हेटौँडा उपमहानगरपालिका क्षेत्रका डेंगीका बिरामीलाई मध्यनजर गर्दै आज परीक्षण गर्ने कीट हस्तान्तरण गरिएको छ।

डडेल्धुरामा पनि डेंगीको संक्रमण देखियो

डडेल्धुरा पनि डेंगी रोगको संक्रमण देखिएको छ। डडेल्धुरा अस्पताल पुगेका एक जना बिरामीमा डेंगीको संक्रमण भेटिएको हो।

डेंगीले एकको मृत्यु

सुर्खेतको गुर्भाकोट नगरपालिका–९ कि पम्फा विकको डेंगीका कारण मृत्यु भएको छ। उनको काठमाडौंको ग्राण्डी अस्पतालमा मृत्यु भएको हो।

डेंगी नियन्त्रणका लागि भारतको विधि नेपालमा चलाउन माग

लामुखुटेृको टोकाइबाट डेंगीको महामारी फैलिन थालेपछि भारतमा अपनाएको विधि नेपालमा पनि शुरु गर्नुपर्ने आवाज उठ्न थालेको छ।

किन बढ्दैछ डेंगी ? यसरी बचौं संक्रमणबाट (भिडियो रिपोर्ट)

प्रदेश अनुसार गएको साउन १ गतेदेखि भाद्र २४ गतेसम्म डेंगीको अवस्था हेर्ने हो भने, प्रदेश नं १ मा ८ सय ३१, प्रदेश नं २ मा ३९, प्रदेश नं ३ मा ३ हजार १ सय २६, गण्डकी प्रदेशमा ९ सय ७२, प्रदेश नं ५ मा ९७, यस्तै, कर्णाली प्रदेशमा ६, र सुदुरपश्चिम प्रदेशमा २७ गरी जम्मा ५ हजार ९५ जना मानिसहरु रहेका छन्।

‘डेंगी नियन्त्रण गर्न समुदाय नै लाग्नुपर्छ’

डेंगी भाइरसको औषधि नभएकाले यसबाट जोगिन लामखुट्टेको अण्डा र लार्भा नष्ट गर्नु र वातवरण सफा राख्नुपर्छ

मुस्ताङबाहेक सबैतिर डेंगी

मान्छेको आउजाउ बाक्लो हुँदै गएको र पर्याप्त सवारीसाधन चलिरहेकाले डेंगी फैलाउने लामखुट्टे मुस्ताङ उक्लिन सक्छ।

प्रदेश ३ डेंगीबाट सबैभन्दा बढी प्रभावित

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगी संक्रमणबाट प्रदेश नम्बर ३ बढी प्रभावित भएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्