६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

डेंगीले एकको मृत्यु

सुर्खेत - सुर्खेतको गुर्भाकोट नगरपालिका–९ कि पम्फा विकको डेंगीका कारण मृत्यु भएको छ। उनको काठमाडौंको ग्राण्डी अस्पतालमा मृत्यु भएको हो। विकको बुधबार मृत्यु भएको थियो। गुर्भाकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख किरण वलीले डेंगीका कारण विकको मृत्यु भएको पुष्टि गरे।

‘काठमाडौंमा उपचारका क्रममा मृत्यु भएकाले के कारणले हो भन्ने पुष्टी गर्न समय लाग्यो,’ उनले भने, ‘अस्पतालले आधिकारिक डकुमेन्ट पठाएपछि यसको पुष्टि भएको हो।’ मृतकका श्रीमान मानबहादुर विकले नेपालगञ्ज भेडिकल कलेज, काठमाडौंको छाउनी अस्पताल हुँदै ग्राण्डीमा उपचार गरिएको बताए।

प्रकाशित: २८ भाद्र २०७६ ०६:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App