७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

डडेल्धुरामा पनि डेंगीको संक्रमण देखियो

उपचारका क्रममा डडेल्धुरा अस्पताल पुगेपछि डेंगीको सक्रमण देखिएका बझाङका बालक । तस्बिरः नागरिक

डडेल्धुरा– डडेल्धुरा पनि डेंगी रोगको संक्रमण देखिएको छ। डडेल्धुरा अस्पताल पुगेका एक जना बिरामीमा डेंगीको संक्रमण भेटिएको हो। बझाङको बुंगल नगरपालिका–५ का १२ वर्षीय सुरेश बोहरालाई परिक्षण गर्दा डेंगी पोजेटिभ देखिएको डडेल्धुरा अस्पतालले जनाएको छ।

उपचारका लागि डडेल्धुरा ल्याइएका उनलाई डेंगीको लक्षण देखा परेकाले परिक्षण गर्दा डेंगु देखा परेको अस्पतालका डा.जीवन खरेलले बताए। ‘लगातार १० दिनसम्म ज्वरो आएको, आँखाको नानी दुख्ने, पिसाबमा रातो रगत जस्तोलगायतका लक्षण देखिएको थियो’ उनले भने ‘मिल्दो जुल्दो लक्षण देखिएकाले उनलाई परिक्षण गरिँदा डेंगी भेटियो।’

सुदुरपश्चिममा अहिले डेंगी र स्क्रब टाइफस देखिएकाले सबैले सर्तकता अपनाउनु पर्ने उनले सुझाव दिए।

सुदूरपश्चिममा ३५ जनामा डेंगी
सुदूरपश्चिम प्रदेशका नै वटै जिल्लामा अहिलेसम्म ३५ जनामा डेंगीको संक्रमण देखिएको छ। डेंगीकै कारण एक जनाको भने ज्यानै गईसकेको छ। पछिल्लो तथ्याकं अनुसार कैलालीमा १६, दार्चुलामा आठ, कञ्चनपुरमा सात, डोटी, अछाम, बैतडी र बझाङमा १÷१ जना गरी ३५ जनामा डेंगीको संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय राजपुर दिपायलले जनाएको छ। जसमध्ये डोटीमा एक जनाको मुत्यु भएको हो।

नौ वटै जिल्लाका बिरामी लाई डडेल्धुरा, कैलाली र कञ्चनपुरका अस्पतालहरुमा चेकजाँच गर्दा डेंगीको संक्रमण भेटिएको हो। प्रदेश भर हालसम्म ३५ जनामा संक्रमण देखिए पनि हजारौँ व्यक्ति प्रभावित भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। बिरामी अस्पतालको सम्पर्कमा आउने क्रम जारी रहेकाले संक्रमितको संख्या बढ्न सक्ने निर्देशनालयको भनाई छ।

प्रकाशित: २८ भाद्र २०७६ १०:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App