१० मंसिर २०८१ सोमबार
image/svg+xml

तरकारी ढुवानीमा अवरोध नगर्न निर्देशन

तरकारी व्यवसायीले उत्पादित तरकारीले बजार नपाएको गुनासो गरिहरहेको बेला गृह मन्त्रालयले भने तरकारी वितरणमा सहजीकरण गरेको बताएको छ।

पोखरामा सस्तियो तरकारी

पोखरामा मंगलबार गोलभेंडाको मूल्य प्रतिकिलो १२० रुपैयाँ थियो। बुधबार त्यो मूल्य ६० रुपैयाँमा झरेको छ। त्यस्तै प्रतिकिलो एक सय रुपैयाँको सिमीको मूल्य घटेर ६० र घिरौंलाको मूल्य १२० बाट घटेर ५० रुपैयाँ कायम भएको छ।

तरकारीमा बिचौलीयाको प्रभाव : एक दिनमै आधा सस्तो

मंगलबार पोखरामा गोलभेंडाको प्रतिकिलो मूल्य १२० रुपैयाँ थियो । बुधबार त्यो मूल्य ६० रुपैयाँमा झरेको छ । त्यस्तै प्रतिकिलो एकसय रुपैयाँको सिमिको भाउ ६० र घिरौंलाको मूल्य १२० बाट ५० रुपैयाँमा झरेको छ

खाल्डोमा तरकारी, बजारमा अभाव

केहीदिन अघि एकजना व्यावसायीले भित्र्याएको तरकारी पोखरा महानगरपालिका–१५ का पदाधिकारीकै रोवहरमा खाडल खनेर पुरियो । कोरोना संक्रमण फैलने भन्दै पोखरा बाहिरबाट ल्याएको तरकारी बेच्न रोक लगाउँदै टोलबासिले वडा पदाधिकारीलाई भित्रिएको तरकारीबारे जानकारी दिएका थिए ।

बिक्री गर्न नपाएरै खेर गयो तरकारी

धनगढीको कृष्णनगर नजिकै व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका एक स्थानीय कृषक खेतमा उत्पादन भएको गोलभेँडा, बन्दालगायतका तरकारी बारीमै कुहिएपछि चिन्तित भएका छन्।

कपिलवस्तुबाट लगिएको तरकारी अर्घाखाँचीमा नष्ट

अर्घाखाँचीमा आइतबार छिमेकी जिल्ला कपिलवस्तुबाट लगिएको हरियो तरकारी नष्ट गरिएको छ । कोरोनाबाट अति प्रभावित जिल्ला कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा न. १ बाट अर्घाखाँचीका किशोर बाँनियाले आलू र प्याजसँगै करिव ५० हजार बराबरको हरियो तरकारी सन्धिखर्क लगेका थिए ।

किसानको तरकारी किन्दै गाउँपालिका

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले लकडाउनको मारमा परेका किसानको ५४ हजारभन्दा बढि मूल्यको तरकारी किनिदिएका छन् ।

आयात रोकपछि स्थानीय तरकारीले बजार पाउँदै

बन्दाबन्दीमा बागलुङ बजार क्षेत्रमा भारत तथा तराईका जिल्लाको तरकारी तथा फलफूलको आयातमा रोक लगाइएपछि स्थानीयरूपमा उत्पादित तरकारीले बजार पाएको छ।

किसानको बारीमा कुहिँदै तरकारी

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९, हासिवाङकी डिलकुमारी ओलीको दैनिकी पछिल्लो समय फेरिएको छ। उनी चैत ११ गतेदेखि नै घरभन्दा टाढा जान पाएकी छैनन्। घर वरपर घाँसपात काटेर दैनिकी टार्दैछिन्। लकडाउनअघि र लकडाउनपछिको उनको दैनिकी फरक छ।

प्रमाणित तरकारी तथा फलफूल मात्रै बेच्न पाइने

बुटवल उपमहानगरपालिकाले स्थानीय किसानले उत्पादन गरेका ताजा र प्रमाणित गरिएका तरकारीलाई मात्रै बेचबिखन गर्न पाउने नियम बनाएको छ।

तरकारी सस्तिँदा किसान मर्कामा

गत वर्षको आम्दानी देखेका उनी यसपालि पनि हौसिए र १२ कट्ठा जमिनमा तरकारी लगाए। तरकारी राम्रै फल्यो, तर सपना भने कोरोना प्रभावले चकनाचुर पारिदियो।

तरकारी सस्तिँदा किसान मर्कामा

गत वर्ष यही मौसममा धनगढी उपमहानगरपालिका–१७, पथ्थरीका किसान चेतराम चौधरीलाई तरकारी बेच्न भ्याइनभ्याई थियो । बारीमा लटरम्म फलेका टमाटर, खुर्सानी, काँक्रा, तरभुजले उनले सोचे भन्दा राम्रो मूल्य पाएको थियो । गत वर्षको राम्रो आम्दानी देखेका उनी यसपालि पनि तरकारीमा हौसिए, र अघिल्लो वर्षभन्दा बढी बढाएर १२ कठ्ठा जमिनमा तरकारी लगाए । यसपालि तरकारीले पनि राम्रै फसल दियो, तर सपना भने कोरोना प्रभावले चकनाचुर पारिदियो ।

कोरोना कहर : संकटमा किसान, खेतमै कुहिन थाल्यो तरकारी

पहिला व्यापारी खेतमै आउँथे । अहिले बोलाउँदा पनि आउन मान्दैनन् । लकडाउनका कारण हाट बजार बन्द छ । खेतको उत्पादन बजारसम्म पुर्‍याउन सकिएको छैन । यस्तै अवस्था रहने हो भने कुहिएको उत्पादन खेतमै पुर्नुको बिकल्प रहदैन । कर्जन्हा नगरपालिका– ६ का तरबुजा किसान हरिशंकर मुखियाले नागरिकन्यूजसँग लकडाउनबाट किसानको जिन्दगीमा पारेको अत्यास साझा गरे ।

लकडाउन मौकामा तरकारीको मूल्य अचाक्ली

लकडाउनको मौका छोपेर व्यवसायीले तरकारीको भाउमा ‘ब्रम्हलुट’ गरिरहेका छन्। चोरबाटो हुँदै तराईका बजारबाट रातारात तरकारी ल्याएर व्यापारीले साविकभन्दा तेब्बर मूल्यमा बिक्री गरिरहेको पाएको छ। सदरमुकामका पसलमा अहिले कुनैपनि सामग्रीको मूल्यसूची नराखिएका कारण चामल, तेल, दाल, चिनीलगायत अत्यावश्यक खाद्यवस्तुको मूल्यसमेत बढेको छ। अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी साधन चल्न छुट दिइएपनि अनेक कारण देखाएर व्यापारीले बढी मूल्य लिइरहेको उपभोक्ताको गुनासो छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्