८ वैशाख २०८१ शनिबार
समाज

कपिलवस्तुबाट लगिएको तरकारी अर्घाखाँचीमा नष्ट

आलू प्याजलाई छुट, हरियो तरकारीलाई निषेध

सन्धिखर्कको आटिकापाटा र फुदवाङको बीचमा पर्ने अउलाखोलास्थित डम्पिङ साइडमा तरकारी गरिदै । तस्बिर : नागरिक

अर्घाखाँचीमा आइतबार छिमेकी जिल्ला कपिलवस्तुबाट लगिएको हरियो तरकारी नष्ट गरिएको छ । कोरोनाबाट अति प्रभावित जिल्ला कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा न. १ बाट अर्घाखाँचीका किशोर बाँनियाले आलू र प्याजसँगै करिव ५० हजार बराबरको हरियो तरकारी सन्धिखर्क लगेका थिए । अर्घाखाँचीमा जिल्ला प्रशासनले सर्वदलीय बैठकबाट हरियो तरकारी अन्य जिल्लाबाट नलैजाने निति अनुसार प्रहरीले फोहोर फाल्ने डम्पिङ साइटमा नष्ट गरेको हो ।

लामो समयदेखि सन्धिखर्कमा फलफूल र तरकारी विक्रि गर्दै आएका पुस्पा स्टोरका संचालक बानियाँले जिल्लामा हरियो तरकारी, टमाटरको अभाव भएकाले छिमेकी कपिलवस्तुको बुद्धभुमी नगरपालिका वार्ड न. १० धनकौलीबाट ल्याएको बताए । उनले अन्य व्यवसायीहरुले समेत आलू, प्याज र चामलसँगै हरियो तरकारी जिल्लामा लैजाने गरेको बताए । ‘जिल्लामा हरियो तरकारी नै छैन, अन्य व्यापारीले पनि लगेका थिए, मैलै पनि त्यहि अनुसार ल्याए’ उनले भने ।  

जिल्ला प्रशासन कार्यालयमा बाँनियाले कोरोना संक्रमित जिल्लाबाट तरकारी ल्याएको सूचना पुगेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले सर्वदलीय बैठकले जिल्लाकै हरियो तरकारी प्रयोग गर्ने र वाहिरबाट ल्याउन रोक लगाउने निर्णय गरेकाले सोही निर्णयका आधारमा व्यवसायीलाई कारवाही गरिएको बताए । उनले हरियो तरकारी नष्ट नै गर्न भने नभिनिएको तर व्यवसायीले नै नष्ट गर्ने भनेकाले डम्पिङ साइटमा लगेर फालिएको बताए ।  

व्यापारी बाँनियाले आलू, प्याज र खाद्यान्न ल्याउन कोरोना नसर्ने तर नेपाली किसानले उत्पादन गरेको हरियो तरकारी ल्याउदा कोरोना संक्रमण हुने प्रशासनको कुराले आफै अचम्मित परेको सुनाए । जिल्ला प्रशासनले भने आलू,प्याज र चालम लगायतका खाद्यान्न भने ल्याउन रोक लगाएको छैन । तर, हरियो तरकारी कुनै पनि छिमेकी जिल्लाबाट ल्याउन नदिने सर्वपक्षीय निर्णय भएकाले अर्को निर्णय नहुँदासम्म त्यो लागू हुने प्रजिअ पौडेलले बताए । बाँनियाले कपिलवस्तुबाट बिक्रीवितरणको लागि ल्याइएको बोडी ५० किलो , करेला ५० किलो, खुर्सानी ५० किलो, लौका १०० किलो, टमाटर ३०० किलो, घिरौला ५० किलो, भेन्डी ५० किलो लगेका थिए ।  

उनले यसमध्ये करिव ५० केजी आईतबार विहान नै विक्रि भने गरिसकेका छन । जिल्लाको निर्णय अनुसार नै आलू र प्याजको गाडीमा निर्देशन विपरित हरियो तरकारी ल्याएकाले नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए । उनले हरियो तरकारी नष्ट गर्न भन्दा पनि फिर्ता गर्न आग्रह गरेकोमा व्यापारीकै सहमतीमा डम्पिङ साईडमा नष्ट गरिएको बताए । व्यापारी बाँनियालाई अबदेखि हरियो तरकारी जिल्ला भन्दा बाहिरबाट नल्याउन कागज गरि छाडिएको छ ।

तरकारी नष्ट गरेकोमा आपत्ति
नेपाली किसानले उत्पादन गरेका तरकारी फोहोर जस्तै गरि फालिएकोमा भने किसान तथा जनप्रतिनिधिहरुले नै आपत्ति जनाएका छन् । भारतबाट आएका आलू, प्याज तथा खाद्यान्न जिल्लामा भित्र्याउदा कोरोनाको डर नहुने तर छिमेकी जिल्लामा उत्पादनलाई कोरोनाको वाहनामा विक्रिमा रोक लगाउने कार्य गलत भएको भन्दै आलोचना भएको छ ।  

आईतबार दिउँसो हरियो तरकारी नष्ट गरेको समाचार सार्वजनिक भएपछि कपिलवस्तुका सांसद तथा जनप्रतिनिधिहरुले आपत्ति जनाएका छन कपिलवस्तु बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले प्रशासनले कोरोनाका वाहनामा स्थानीय उत्पादनलाई डम्पिङ साईटमा फाल्नु गलत भएको बताए । उनले तराईका जिल्ला कोरोना प्रभावित भए भन्दैमा किसानले उत्पादन गरेका कृषि उपजलाई फोहोरको डंगुरमा फाल्दा किसान हतोत्साही उनको बताए । संकटमा पनि किसानलाई प्रोत्साहन गर्नुको सट्टा उत्पादन नष्ट गर्ने काम गलत भएको उनको भनाई छ ।  

अर्घाखाँचीमा समेत स्थानीयहरुले किसानले उत्पादन गरेको तरकारी त्यसरी नष्ट गर्नु गलत भएको भन्दै प्रहरी र प्रशासनको आलोचना गरेका छन् ।  

प्रकाशित: १८ जेष्ठ २०७७ १६:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App