लकडाउनले होटल र यातायात क्षेत्रमा करोडौं नोक्सानी
जिल्लाका यातायात व्यवसायीलाई पनि लकडाउन अवधिमा १५ करोड रुपैयाँभन्दा बढीको घाटा भएको अनुमान छ। व्यवसायीका अनुसार दिनमा कम्तीमा दुई हजार रुपैयाँ नाफा नभएसम्म कुनै सवारी साधन चल्न सक्दैनन्।
जिल्लाका यातायात व्यवसायीलाई पनि लकडाउन अवधिमा १५ करोड रुपैयाँभन्दा बढीको घाटा भएको अनुमान छ। व्यवसायीका अनुसार दिनमा कम्तीमा दुई हजार रुपैयाँ नाफा नभएसम्म कुनै सवारी साधन चल्न सक्दैनन्।
पछिल्ला दिनहरूमा कोरोना भाइरस क्रमितको संख्या ह्वात्तै बढेपछि नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारले १६ दिने लकडाउनको घोषणा गरेको छ।
लकडाउन खुलेमा पदयात्रा र पर्वतारोहणमा १५ देखि २० प्रतिशतसम्म पर्यटक नेपाल आउने सम्भावना देखिन्छ। त्यसैले अगस्टभित्र आन्तरिक र बाह्य उडान खुला हुनुपर्छ। त्यसो भएमा आउँदो सिजन (अक्टुबर र नोभेम्बर)मा पर्यटक आउनेछन्।
प्रत्येक नाईं श्रमिकलाई लकडाउन अवधिभर प्रतिमहिना २५ हजारका दरले रकम उपलब्ध गराउनु पर्ने मागसहित व्यवसायीहरु आन्दोलित भएका छन् ।
लकडाउनको अवधिमा महिलाहरू यौन तथा घरेलु हिंसाको शिकार भइरहेका छन् । लकडाउन सुरु हुनु अगाडि भन्दा लकडाउनको अवधिमा झण्डै दोब्बर संख्यामा महिलामाथि यौन तथा घरेलु हिंसा भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
साढे ३ महिनायताको लकडाउनका कारण मानिस आउ–जाउ शून्य हुँदा पर्यटकीय जिल्ला इलामको होटल र यातायात व्यवसायमा गम्भीर असर पुगेको छ । बैंकबाट ऋण काढेर लगानी गरिएका होटल र सवारी साधन ठप्प हुँदा व्यवसायीलाई करोडौं रुपैयाँको नोक्सान भएको छ ।
लकडाउनले थलिएका बेला श्रीमती बिरामी भएकाले एक मजदूर जोडी थप तनावमा परेको छ। श्रीमती विपना राईलाई वीर अस्पतालमा उपचार गराउँदै आएका श्रीमान् हिरालाल श्रेष्ठ आर्थिक अभावले बेचैन बनेका छन्।
वरिष्ठ चित्रकार भीम शर्मा लकडाउनका समय पनि चित्र कोर्नमै व्यस्त भए । उनी अहिले ‘लकडाउन’ र ‘कर्म’ शीर्षकमा रहेर चित्र कोर्दैछन् । लकडाउनमा व्यस्त उनले आफुलाई घरमा बस्दा त्यस्तो कुनै तनाव नभएको बताउँछन् । ‘लकडाउनभर पेन्टिङ नै मुख्य काम रह्यो, यस अवधिमा मैले दुई वटा सिरिजमा काम गर्ने मौका पाएँ,’ शर्मा भन्छन्, लकडाउनमा घरमा बस्दा मलाई कुनै पनि तनाव भएन, एउटै कामलाई लामो समयसम्म निरन्तरता दिन पाउँदा लकडाउन त हामी कलाकारको लागि अवसर नै आए जस्तो लाग्यो ।’
निम्न वर्गिय समुदायले किनमेल गर्ने बजार भनेर चिनिएको काठमाडौं उपत्यकाको भृकुटीमण्डप बजार खुलेपनि ग्राहक नआउँदा सुनसान छ ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले केहिलाई अवसर पनि भएको छ। महामारीको रूपमा फैलिएको कोरोनाका कारण पोखरा उपमहानगरपालिका–२३ मार्गिस्थित मौरेबगर र धर्मडाँडावासीलाई अवसर बनेको छ। पोखराको नजिक भएरपनि वर्षौंदेखि बन्न नसकेको बाटो लकडाउनमा बनेपछि कोरोनालाई अवसरका रूपमा लिएका छन्।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) केहिलाई अवसर पनि भएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरस कसैकसैलाई अभिषाप बनेपनि पोखरा–२३ मार्गिस्थित मौरेबगर र धर्मडाँडाबासीलाई भने अवसर बनेर आएको हो ।
पोखरामा भाडाका घरमा होटल चलाउनेमध्ये करिब ४० प्रतिशतले व्यवसाय छोडिसकेको अवस्था छ। आगामी दिनमा पर्यटन क्षेत्रमा अनुभवी व्यक्तिको अभाव हुनेछ।
‘कोरोनाले गास छिन्यो, जंगल जान पनि पाइदैंन, शहर पस्न पनि दिँदैनन्,’ मुखिया वीरबहादुर शाहीले भने, ‘जनता (आफ्नो समुदायका मानिस) भोकभोकै हुन लागे, हामीमाथि ठूलो संकट आइलाग्यो।’
कोरोनाका कारण चैत ११ गतेदेखि देश लकडाउनमय भएका बेला कैलालीको वन अतिक्रमणको चपेटामा परेको छ । सुदूरपश्चिम प्रदेश सरकारले २०७५ असोज १२ गते तेघरी जंगलमा राजधानी स्थल तोके लगत्तै वनमाफियाहरुको आँखाको तारो बनेको सो क्षेत्रको सामुदायिक तथा राष्ट्रिय वन क्षेत्र लकडाउनका कारण चैतपछि भने अतिक्रमणको उच्च चपेटामा परेको हो ।
कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या बढ्न थालेपछि अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोर्नमा बिहीबारदेखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको छ।