महासंघ निर्वाचनमा मतदान सुरु, ढकाल र प्रधान प्यानलबीच प्रतिस्पर्धा
नयाँ नेतृत्व चयनका लागि नेपाल उद्योग वाणिज्य महासंघको मतदान सुरु भएको छ। विहीबारदेखि महासंघको साधारण सभा सुरु भएको भए पनि आज (शनिवार) नेतृत्व चयनका लागि मतदान सुरु भएको हो।
नयाँ नेतृत्व चयनका लागि नेपाल उद्योग वाणिज्य महासंघको मतदान सुरु भएको छ। विहीबारदेखि महासंघको साधारण सभा सुरु भएको भए पनि आज (शनिवार) नेतृत्व चयनका लागि मतदान सुरु भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ले अर्थतन्त्रमा पारेको असरलाई माथि उठाउनका लागि सरकारले आफ्नो क्षमता अनुसार काम गर्ने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा अन्तर्गत हुने आगामी नेतृत्वको चुनावमा पाँचजना उद्यमी महिलाले उम्मेदवारी दिएका छन् ।
निजी क्षेत्र देशको मेरुदण्ड, रोजगारी सिर्जना गर्ने ठाउँ र अर्थतन्त्रलाई चलायमान बनाउने माध्यम र देश विकासको सारथी हो । निजी क्षेत्रको मान, सम्मान, सुरक्षासँगै लगानीको वातावरण बनाउने हाम्रा प्राथमिकता हुन् ।
महासंघलाई सबल, सुदृढ बनाउने पहिलो प्राथमिकता छ । मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको तर्फबाट योगदान गर्ने । सरकार र उद्योगी, व्यवसायीबीच समन्वय गरी नीतिगत उल्झन सुल्झाउन सहजीकरण गर्छौं ।
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४औं साधारणसभा र निर्वाचनको तयारी अनुसार शेखर गोल्छा समूहअन्तर्गत वस्तुगत तर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठसहितको टिमले निर्वाचनपछि आफ्नो प्राथमिकताका विषय छनोट गरेको जनाएको छ ।
सरकारको ७० प्रतिशत आम्दानी दिने क्षेत्र समस्या परेको बेला सहयोग नगर्ने हो भने र निजी क्षेत्र टाट पल्टियो भने सरकारले खर्च कसरी चलाउने ? त्यो राज्यले सोच्नु पर्दैन ? नेपाल सरकार जहिले पनि नियमकारी निकायको भूमिकामा मात्र छ । सहजीकरण गर्ने भूमिका हुनुप-यो ।
श्रम बजारलाई व्यवस्थित बनाउनुपर्छ । विदेशबाट काठ आयात भइरहेको छ । वनपैदावारलाई प्रयोगमा ल्याउने र जडीबुटी प्रशोधन गर्ने वातावरण बनाउनुपर्छ । खानीको व्यवस्थापन गर्नुपर्छ ।
मसँग अनुभव छ । वर्तमान, हुनेवाला अध्यक्ष, पूर्वअध्यक्षको सहयोग मलाई किन छ भने योसँग क्षमता छ भनेरै हो । म निष्कलंक छु र ममा स्वार्थ छैन । नेपालका सम्पूर्ण उद्योगी, व्यवसायीको मागमा टेबुल ठोकेर कुरा गर्न सक्छु । समग्र रूपमा निष्ठावान नेता हो ।
मसँग महासंघलाई अगाडि बढाउन सक्ने भिजन छ, वस्तुगत योजना छन् । सबैलाई समेटेर लैजान सक्ने खुबी छ । नीति निर्माण तहसम्म व्यवसायीका समस्या पु-याउन सक्ने क्षमता छ । मसँग राम्रो टिम पनि छ र त्योभन्दा महत्वपूर्ण कुरा देशैभरका जिल्ला, नगरका व्यवसायीको समर्थन छ ।
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोरकुमार प्रधानले मनोनयन दर्ता गराएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका नयाँ नेतृत्व चयन गर्नका लागि दुई प्यानल निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। आगामि मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने महासंघको ५४औं वार्षिक साधारण सभा तथा निर्वाचन हुँदैछ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य परीक्षण गर्दा आँफूलाई कोरोना संक्रमण देखिएको ढकालले बजानकारी दिए।
कोरोना महामारीका कारण रोकिएको नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक सभा र निर्वाचनको ढाँचा तयार गर्न एक समिति गठन गरिएको छ।