४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

महासंघको चुनावमा महिला उम्मेदवार पाँच

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा अन्तर्गत हुने आगामी नेतृत्वको चुनावमा पाँचजना उद्यमी महिलाले उम्मेदवारी दिएका छन् ।

महासंघको निर्वाचन समितिले गत जारी गरेको उम्मेदवारको अन्तिम नामावलीमा एक सय २१ जना छन्, जसमा पाँचजना महिला छन् । ६२ पदका लागि उक्त संख्यामा उम्मेदवारी परेको हो । मनोनयन संख्या हेर्दा महिला उम्मेदवारी ४.१३ प्रतिशत मात्र हो ।  

महासंघमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व हुने गरी नेपालगन्ज उद्योग वाणिज्य संघले रचना श्रेष्ठलाई केन्द्रीय सदस्यको उम्मेदवार बनाएको छ । त्यस्तै, १४ सदस्य निर्वाचित हुने वस्तुगत सदस्य पदमा सौन्दर्य कला व्यवसायी संघले कमला श्रेष्ठलाई र महिला उद्यमी महासंघ नेपालले निवर्तमान अध्यक्ष शारदा रिजाललाई उम्मेदवार बनाएको छ ।

ठूला व्यावसायिक घरानाको प्रतिनिधित्व गर्ने एसोसिएट क्षेत्रबाट पनि दुईजना उद्यमी महिला चुनावी मैदानमा छन् । १९ सदस्य निर्वाचित हुने एसोसिएटतर्फको सदस्यमा सयपत्री (मेरीगोल्ड) ज्वेलर्स कि ज्योत्सना श्रेष्ठ र कन्टिनेन्टल ट्रेडिङ प्रालिकी रेखा घिमिरेले उमेदवारी दिएकी छन् । उद्यमी महिला भवानी राणाले नेतृत्व हस्तान्तरण गर्न लागिरहेको बेला महासंघभित्र अबको महिला प्रतिनिधित्व कस्तो हुने भन्ने सबालमा महिलाको उम्मेदवारीले अर्थ राख्ने यस विषयमा चासो राखेकी उपप्रध्यापक शुष्मा तिवारी द्विवेदीले बताइन् ।  

‘कमसे कम ३३ प्रतिशत महिलालाई हरेक क्षेत्रले संरचनागत रूपमै समावेश गर्नुपर्छ । त्यो हुन नसके पनि जति सम्भव छ त्यतिसम्म समावेशिता आपेक्षित छ,’ वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसकी उपप्रध्यापक द्विवेदीले भनिन्, ‘नेपाल उद्योग वाणिज्य महासंघमा भएका व्यक्तिहरू प्रायः बौद्धिक र सचेत हुनुहुन्छ, उहाँहरूले कत्तिको समावेशिता कायम गर्नुहुन्छ, के सन्देश दिनुहुन्छ भन्ने चासो पनि हो ।’

प्रकाशित: ११ मंसिर २०७७ ०५:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App