४ मंसिर २०८१ मंगलबार
image/svg+xml

अर्घाखाँचीको भुमिकास्थानमा बेवारिसे शव फेला

भुमिकास्थान नगरपालिका वडा नम्बर–१०, धनचौर पाकुको खोला नजिक एउटा पुरुषको शव फेला परेको हो । युवा पुरुषको शव भएपनी कसको हो भन्ने पहिचान नभएको वडाध्यक्ष खगेश्वर पन्थीले जानकारी दिए ।

सरकारी शिक्षक कागती खेतीमा रमाउँदै

'दिनभर स्कुलमा व्यस्त हुन्छु, दिनभरको थकान मेट्न बारीमा व्यस्त हुने गरेको छु', उनले भने। उनले अहिले छ कठ्ठामा कागती खेती गरेको भए पनि केही समयपछि ११ कठ्ठामा खेती गर्ने लक्ष्य राखेका छन्।

पहिरोमा परी म्याग्दीमा एकै परिवारका २ जनाको मृत्यु, ३ जना बेपत्ता

अविरल वर्षासँगै म्याग्दीको मालिका गाउँपालिका–२,रुमको तामेङ भन्ने गाउँमा पहिरोमा परी एकै परिवारका दुईजनाको ज्यान गएको छ।

सान्थाक्राका आगलागी पीडितलाई जस्तापाता सहयोग

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका-२ सान्थाक्रामा भएको आगलागी पीडित परिवारलाई नेपाल बौद्ध महायान केन्द्र कपन गुम्बाले करिव अढाइ लाख रुपैयाँ हाराहारी मूल्यको जस्तापाता उपलब्ध गराएको छ।

अझै बनेनन् न्यायिक समिति

जनप्रतिनिधि परिवर्तन भएपछि नरैनापुर गाउँपालिकामा अझै पनि नयाँ न्यायिक समिति गठन हुन नसकेको छैन। यहाँ भागबण्डा नमिल्दा अत्यावश्यक मानिएको न्यायिक समिति गठन हुन नसकेको हो।

प्रशासकीय अधिकृतलाई हाजिर नगराइ फिर्ता

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई मङ्गला गाउँपालिकाले फिर्ता पठाएको छ।

रुबीभ्यालीमा अनियमितताको चाङ

प्रतिवेदनअनुसार गाउँपालिका कार्यालयले किनेका भौतिक सामग्री कार्यालयमा भेटिँदैनन्, सामाजिक सुरक्षा भत्ता वितरणमा पनि चरम लापरबाही भएको छ।

‘अनर किलिङ्ग’ दोहोरिँदै युवतीको शवको अवशेष प्रहरीद्वारा बरामद

‘शव एकदमै जलिसकेको हुनाले केही अंश मात्र संकलन हुन पाएको छ, प्रारम्भीक रुपमा हामीले नारायणी अस्पतालमा पोस्टमार्टमको लागि पठाएका छौं,’ प्रहरी नायब उपरीक्षक कार्कीले नागरिकलाई भने, ‘चिकित्सकहरुले यहाँ जाँच हुन नसक्ने भनेपछि थप परीक्षणका लागि काठमाडौँ पठाउने हो।’

पोतमारा विद्युत पुनः सञ्चालन गर्न बजेट माग

जिल्लाको एकमात्र ५ सय किलोवाटको स्थानीय पोतमारा लघु जलविद्युत आयोजना पटक-पटक वर्षा याममा बाढी र पहिरोले बगाएर अलपत्र अवस्थामा परेको समयमा गाउँपालिका अध्यक्ष केसीले पुनः सञ्चालनमा ल्याउन मन्त्रालयसँग बजेट माग गरेका छन्।

हिमा नदीका असला माछाको संरक्षण गरिँदै

गाउँपालिकाले नीति तथा कार्यक्रमबाटै असला जातका माछाका भुरा संरक्षण गर्ने कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले जानकारी दिए।

एक हजार चोरेको आरोपमा पत्नीको हत्या

एक हजार रुपैयाँका विषयमा विवाद हुँदा पतिले घरको भित्तामा टाउको ठोक्काएर पत्नीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिए।

बञ्चरो प्रहारबाट बुबाको हत्या

'मानसिक अवस्था ठिक नभएका लोकराजले बञ्चरो प्रहार गरेका हुन्। टाउकोमै चोट लागेका अन्तरामको घटनास्थलमै मृत्यु भएको छ।'

पहिरोपीडित त्रिपालमुनि बस्न बाध्य

कैलालीको चुरे गाउँपालिकाका पहिरो प्रभावित ३५० बढी परिवार पुनःस्थापना नहुँदा कष्टकर जीवन बिताउन बाध्य भएका छन्।

बाँकेको राप्तीसोनारीका बस्ती कटान र डुबानको जोखिममा

बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नं ८ र ९ का बस्ती डुबान तथा कटानको जोखिममा रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्