२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

बञ्चरो प्रहारबाट बुबाको हत्या

बैतडीमा बञ्चरो प्रहार गरी आज बिहान छोराले बुबाको हत्या गरेका छन्। डिलाशैनी गाउँपालिका–५ शेराका ६८ वर्षीय अन्तराम जोशीको हत्या भएको हो।

जोशीका छोरा २२ वर्षीय लोकराजले बिहान ६ बजे बञ्चरो प्रहार गरी हत्या गरेका हुन्। बिहान घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बञ्चरो प्रहार गरेको डिलाशैनी गाउँपालिका–५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए।

उनले भने, 'मानसिक अवस्था ठिक नभएका लोकराजले बञ्चरो प्रहार गरेका हुन्। टाउकोमै चोट लागेका अन्तरामको घटनास्थलमै मृत्यु भएको छ।' बञ्चरो प्रहार गर्ने लोकराजलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। अनुसन्धान गर्न ईलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक कमल चौधरी नेतृत्वको टोली घटनास्थल पुगेको छ।   

प्रकाशित: १३ श्रावण २०७९ ०६:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App