१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

अर्घाखाँचीको भुमिकास्थानमा बेवारिसे शव फेला

दुई दिनअघि पाणिनी गाउँपालिकामा भएको हत्याकाण्ड सेलाउन नपाउँदै जिल्लाको भुमिकास्थान नगरपालिकामा अर्को शव फेला परेको छ।

भुमिकास्थान नगरपालिका वडा नम्बर–१०, धनचौर पाकुको खोला नजिक एउटा पुरुषको शव फेला परेको हो। युवा पुरुषको शव भएपनी कसको हो भन्ने पहिचान नभएको वडाध्यक्ष खगेश्वर पन्थीले जानकारी दिए।

धनचौर बिटको प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ भने जिल्ला प्रहरी कार्यालयको टोली पनि पुग्ने क्रममा रहेको छ। बिहानैदेखि वर्षा भईरहेकाले जिल्ला प्रहरीलाई घटनास्थलमा पुग्न कठिनाई भईरहेको बताईएको छ।

प्रकाशित: १७ श्रावण २०७९ ०८:५२ मंगलबार

पाणिनी गाउँपालिकामा भुमिकास्थान नगरपालिका