२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

शाही खोलामा पक्की पुल बन्ने

उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिकाको ८ नं वडामा पर्ने राजाबादेखि भान्वाटाबारी जोड्ने निर्माणाधीन सडक खण्डमा पक्की मोटरेबल पुल बनाइने भएको छ।

गोरखामा सडक नभएको ठाउँमा पुलः मन्त्रीलाई छुट, कर्मचारीलाई मुद्दा

गोरखा नगरपालिका ३ नारेश्वर स्थित सडक नभएको ठाउँमा दरौँदी नदीमाथि पक्की पुल बनाएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना विरुद्ध मुद्दा दायर गरेको छ।

बाउन्ना र बलान पुल बनेपछि हट्यो बाढीको डर

यहाँको उदयपुरगढी गाउँपालिकाको एउटै वडाका २ खोलामा एकैसाथ पक्की पुल निर्माण भएपछि आसपासका स्थानीयबासीलाई वषौँदेखिको खोला बाढीको कहरको डर हटेको छ।

भुक्तानी नपाउदै भैंसीगौडाको पक्की पुल बगायो

भर्खरै निमार्णको अन्तीम चरणमा रहेको भैंसीगौडाको पक्की पुल गत बुधबारदेखि लगातार पाँच दिनसम्म परेको बाढीपहिरोले बगाएको हो।

देउरी खोलामा निर्मित पक्की पुल सञ्चालनमा

उदयपुर सदरमुकाम त्रियुगा नगरपालिका ५ देउरी खोलामा नवनिर्मित पक्की पुल सञ्चालनमा आएको छ।

सडकै नभएको ठाउँमा पुल बनेको विषयमा अख्तियारको चासो

अनुसन्धानका लागि गतसाता अख्तियारको टोली गोरखा आएको थियो। त्यसअघि पनि फिल्डमा पुगेर टोलीले अध्ययन गरेर फर्किएको हो।

धरापमा सत्तीघाटको पक्की पुल

असार ११ गते नदीमा आएको बाढीले पुलमा क्षति पुर्‍याएको हो। बाढीले पुलको पूर्वतर्फको तटबन्ध भत्काएको छ। २०७२ सालमा निर्माण सम्पन्न भएको पुलको पूर्वतर्फको भागमा नदीले हरेक वर्ष क्षति पुर्‍याउँदै आएको छ। यसअघि निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सन प्रालिले पुल मर्मतको काम गर्दै आएको थियो।

१० वर्षमा बन्यो उत्तरी गोरखा जोड्ने सोती खोला पुल

उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिका जाने सोती खोलाको पुल निर्माण सुरु भएको १० वर्षपछि सञ्चालनमा आएको छ। २५ मिटर लामो मोटरेबल पक्की पुल दुई करोड २४ लाखमा निर्माण भएको हो। ‘ढिलै भए पनि पुल बनेको छ, गाडी गुड्न सुरु गरिसक्यो,’ ठेक्का लगाउने ११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक आयोजनाका प्रमुख राजेश यादवले भने, ‘अब जनतालाई केही सहज हुनेछ।’

पाँच वर्षपछि बन्यो तीला नदीमा पक्की पुल

२०७३ असार ५ गते सम्झौता गरि कुल ४ करोड १२ लाख रूपैयाँको लागतमा पुल निर्माण कार्य सुरु भएको थियो। सम्झौता अनुसार २०७५ जेठ ३१ गते निर्माण भइसक्नुपर्ने थियो। तर यो बीचमा ठेकेदारको लापरबाहीका कारण निर्माण कार्य अघि बढ्न सकेन।

तिला नदिमाथि बन्यो जाजरकोट जोड्ने पक्की पुल

अहिले पुल निर्माणको काम सकिएपछि कर्णाली राजमार्गदेखि भेरीखोला हुदैँ जाजरकोट जान निकै सहज भएको स्थानीय बताउँछन्। तिला नदिमा ५२.१५ मिटरको पक्की पुल निर्माण भएको हो।

म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले १०, सङ्घीय सरकारअन्तर्गतको सडक डिभिजन कार्यालय बागलुङले दुई र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत एक पक्की पुल निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालयका प्रमुख नवराज पौडेलले जानकारी दिए।

रोशीखोलामा पक्की पुल बनेपछि स्थानिय खुशी

बर्खा लागे पनि रोशी खोलापारि थान्सिङबेँसीका गणेशप्रसाद न्यौपाने खेतमा फलाएको तरकारी घरआँगनबाटै गाडीमा लोड गरेर बेच्न पाएकामा खुशी छन्।

कालीगण्डकीमा पक्की पुल बन्दै

गाउँ फर्केका युवालाई रोजगारी दिन प्रदेश नं ५ र गण्डकी प्रदेश जोड्ने कालीगण्डकीमा धमाधम पक्की पुल निर्माण भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्