४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

भुक्तानी नपाउदै भैंसीगौडाको पक्की पुल बगायो

भैंसीगौडाको पक्की पुल बगाए पछि। तस्विरः ललित बिष्ट /नागरिक

तिलागुफा नगरपालिका–६ स्थीत राँचुली जोड्ने भैंसीगौडाको पक्की पुल बाढीले बगाएको छ।

भर्खरै निमार्णको अन्तीम चरणमा रहेको भैंसीगौडाको पक्की पुल गत बुधबारदेखि लगातार पाँच दिनसम्म परेको बाढीपहिरोले बगाएको हो।

नगरपालिकाको वडा नं ९,१०,र,११ जोड्ने भैंसीगौडा पुल निमार्ण गर्ने निमार्ण कम्पनी अम्पर कन्स्ट्रक्सन प्रा.लि.काठमाडौँले भुक्तानी नपाउदै पुल बाढीले बगाएपछि प्रतिनिधि निमार्ण ब्यवसायी तारा शाह चिन्तित भएकी छन्। निमार्ण व्यवसायी शाहले प्रदेश सरकार अन्तरर्गत भौतिक पुर्वाधार बिकास कार्यालयले भुक्तानी दिँदै आएको बताइन्।

‘कार्यालयले प्रत्येक वर्ष थोरै थोरै बजेट दिने गरेकाले उसै पनि आफू घाटामा थिए। अझै एक करोड बढी बजेट भुक्तानी नहुदै पुल बाढीले बगाएको छ। आफूले बनाएको संरचना दिगो होस,सबैले प्रशंसा गर्ने लाएकको होस भन्ने हुन्छ। तर के गर्नु दैविक प्रकोपले सबै सपना अधुरा बनाउँछ। आफू एकातिर भुक्तानी नपाएको पिडामा थिए। उनले भनिन् अर्को तिर बनाएको पुल नै बाढीले बगायो,अहिले आफू निकै पिडामा रहेको छु।’

२०७८ साल भदौमा निमार्ण सम्पन्न भएर गाडी आउजाउ गरिरहेका पुल सरकारले आफ्नो नियन्त्रणमा नलिदा व्यवसायीलाई समस्या भएको हो। आफूले पुल बुझेपछि भुक्तानी दिनुपर्ने भएकाले सरकारले पुल बुज्न नचाहेको व्यवसायी शाहले बताइन्।  

पुलको केही काम बाँकी रहेकाले पुल नबुझेको भौतिक पुर्वाधार कार्यालय कालिकोटले जनाएको छ। कार्यालयका प्राविधिक लक्ष्मण प्रसाद पाण्डेले केही काम बाँकी रहेकाले नबुझेको बताए। ‘८० लाख जती भुक्तानी हुन बाँकी छ। गत चैतसम्म पुलको काम सम्पन्न भएको थियो।  तर केही काम बाँकी थियो। पुल निमार्ण सम्पन्न भएको एक वर्षसम्म केही जोखिम भएको खण्डमा निमार्ण कम्पनीले आफै जोखिम लिनु पर्ने नितिमा छ। उनले भने।’  

जम्मा ३ करोड ७८ लाख लागतमा बनेको पक्की पुल बाढीले बगाएपछि निमार्ण व्यवसायी निकै तनावमा छन्। समयमा भुक्तानी दिएको भए म्याद थप्नु पर्ने अवस्था थिएन। समयमा सम्पन्न गरिसक्ने थिए। समयमा भुक्तानी नदिएका कारणले पुल बाढीले बगाएका निमार्ण व्यवसायीे शाहाको भनाइ छ।

उदारोमा पुल शिलान्यास भएको दुई वर्ष पछि पुल निमार्णका लागि एलआरडिपी कार्यक्रम अन्तरर्गत अम्मर कन्ट्क्सन प्रा.लिले निमार्णको जिम्मा लिएको थियो।

प्रकाशित: ३० आश्विन २०७९ ०४:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App